गोरखा समाचारदाता
पछिल्लो समय पत्रकारको सुरक्षा चुनौती बढ्दै गएको भन्दै एक कार्यक्रमका सहभागीहरुले चिन्ता ब्यक्त गरेका छन् । समचार लेखेको भरमा पत्रकारले बिभिन्न समस्या भोग्नु परेको भन्दै जिल्लामा क्रियाशिल संचारकर्मीहरुले सुरक्षाको ग्यारेण्टी हुनुपर्ने बताएका हुन ।
नेपाल पत्रकार महासंघ गोरखाको र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखराको संयुक्त आयोजनामा मंगलवार मंगलबार भएको पत्रकार र सुरक्षा बिषयक मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारहरुले यस्तो बताएका हुन् । सन् २०१६ मा राज्य र गैरराज्यबाट ३३ जना पत्रकार पीडित भएकोमा यो संख्या बढेर २०१७ मा ३८ जना पुगेको इन्सेकले तथ्यांक सार्वजानिक समेत गरेको छ । बैठकमा बोल्दै इन्सेकका क्षेत्रिय प्रमुख शिव खकुरेलले महिला पत्रकारका दाँजोमा पुरुष पत्रकार बढि पिडित हुने गरेको बताएका छन् ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाको अध्यक्षतामा भएको बैठकमा बोल्ने अधिकांश पत्रकारले समाचार लेखेकै भरमा भौतिक तथा मानिसक सुरक्षाको चुनौतीको सामना गर्नुपरेको भन्दै पेशागत सुरक्षा हुनुपर्ने बताएका छन् । कार्यक्रममा पत्रकार महासंघका निवर्तमान अध्यक्ष भिमलाल श्रेष्ठ, पूवै अध्यक्ष कैलाशवावु श्रेष्ठ, उपाध्यक्ष दिपक श्रेष्ठ, शिव उप्रती लगायतले धारणा राखेका थिए ।
पत्रकारको सुरक्षा चुनौती बढेको भन्दै चिन्ता ब्यक्त
पत्रकारको सुरक्षा चुनौती बढेको भन्दै चिन्ता ब्यक्त
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















