गोरखा समाचारदाता
विपन्न विधार्थीहरुलाई सहयोग गर्न रोट्रयाक्ट क्लब अफ गोरखाले जिल्लाका विभिन्न विद्यालयमा अक्षय कोष स्थापना गर्ने भएको छ । आर्थिक अभावका कारण बालबालिका पढाईबाट बञ्चित नहुन भन्दै क्लबले अक्षय कोष स्थापना गर्ने लागेको हो ।
गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै क्लबले सुरुमा टक्सार स्थित मनकामना बहिरा विद्यालयमा ३० देखि ५० हजार सम्मको अक्षयकोष स्थापना गर्न लागेको जनाएको छ । अक्षय कोषले अति विपन्न बालबालिकाहरुको शिक्षामा खर्च गर्ने उदेश्य क्लबले राखेको क्लबका अध्यक्ष बद्धि जोगीले बताएका छन् ।
क्लबले जिल्ला स्थित बिभिन्न सामाजिक संस्था, रोटरी क्लब, ब्यापारी ब्यवसायी लगायतलाई यस अभियानमा सहयोग आहवान समेत गरेको छ । विश्वमा रोट्रयाक्ट स्थापना भएको ५० बर्ष पूरा भएको अवसरमा क्लबले अक्षय कोष स्थापनाको अभियान सुरु गरेको क्लबले जनाएको छ । त्यस्तै पछि जिल्लाका सबै सरकारी विद्यालयहरुमा रोट्रयाक्ट अक्षय कोष स्थापना गर्ने समेत क्लबले उदेश्य लिएको पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ गोरखाका अध्यक्ष किशोरजंग थापा, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ का सहायक प्रशिक्षक एवम क्लबका निवर्तमान अध्यक्ष सुरज श्रेष्ठ, उपाध्यक्ष मोहसिन अलि मियाँ, इभेन्ट संयोजक शिवहरी तिमिल्सिना लगायतले मन्तब्य राखेका थिए ।
विपन्न विद्यार्थीका लागि रोट्र¥याक्टले अक्षय कोष स्थापना गर्ने
विपन्न विद्यार्थीका लागि रोट्र¥याक्टले अक्षय कोष स्थापना गर्ने
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















