गोरखा समाचारदाता
दरौंदी गोरखा (वृहत लिफ्टिङ) खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पुन बद्रि बहादुर मास्के चयन भएका छन् ।
संस्थाको शनिबार राती अबेर सम्पन्न पहिलो अधिबेशनले मास्केलाई सर्वसमत अध्यक्षमा चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा सकुन्तला खत्री, सचिव विनोद अर्याल, कोषाध्यक्ष गोविन्द गुरुङ, सहसचिवमा सोम बहादुर अच्छामी सर्वसमत भएका छन् ।
त्यस्तै सदस्यहरुमा राजेन्द्र जोशी, राम बहादुर थापा, नारायण प्रसाद अर्याल र कल्पना नेपाली निर्विरोध चयन भएका छन् ।


