गोरखा समाचारदाता
जिल्ला सदरमुकाममा जारी निशुल्क आँखा शिविरमा आइतबारसम्म १ सय ७५ जनाले आँखा जाँच गराएका छन् ।
२५ गतेबाट सुरु भएकोे शिविरको पहिलो दिन ६२, दोश्रो दिन ४५ र आईतबार अर्थात तेश्रो दिन ७८ जना गरी १७५ जनाको आखा जाँच भएको आँखा उपचार केन्द्र गोरखाका प्रमुख गोबिन्द गुरुङले जानकारी दिए । लायन्स क्लव अफ गोरखाको आयोजना, हिमालय आँखा अस्पताल पोखरा र आशा फाउन्सेडन सिंगापुरको प्राविधिक सहयोगमा भएको निःशुल्क आँखा शिविरको गरिएको हो ।
आँखा जाँच गराएका मध्य १६ जनाको मोतियाविन्दुको अपरेशन गरिएको आँखा उपचार केन्द्रका प्रमुख पोखरेलले जानकारी दिए । शिविरमा गोरखा नगरपालिका, घ्याल्चोक, गुम्दा लगायत बिभिन्न ठाँउका स्थानीयले आँखा जाँच गराएका थिए । शिविरमा डाक्टर रुपेश अग्रवालको टिमले स्वास्थ्य जाँच गराइरहेको छ ।
शिविर सोमबार सकिने छ ।


