गोरखा समाचारदाता
गरिब तथा बिपन्न परिवारका भूकम्प पिडितहरुको स्वास्थ्य, शिक्षा र जिविकोपार्जनमा सघाउन पु¥याउने उदेश्यले एक समिति गठन गरिहेको छ ।
रमेश लामिछानेको अध्यक्षतामा गठित ८ सदस्य परियोजना व्यवस्थापन समिति पुर्नगठन गरिएको पद्धती बिकास सेवा केन्द्रका शिक्षा अधिकृत भुपेन्द्र पोखरेलले जानकारी दिए । गुडनेभर इन्टरनेशल र पद्धती बिकास सेवा केन्द्र साझेदारीमा सञ्चालित कार्यक्रमले भुकम्प पिडितहरुको लागि गर्ने कार्यक्रमको योजना निर्माण गर्ने, कार्यान्वयनका लागि सहजीकरण गर्ने र अनुगमन मूल्याङ्कन गर्ने जिम्मेवारी तोकिएको छ ।
१३ सदस्यीय उक्त समितिको ५ सदस्य भने गाउँपालिका, साझेदार सस्था र दातृ सस्थाले चयन गर्ने उनले बताए । पुर्व अध्यक्ष देवी प्रसाद श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका प्रमुख पुर्ण बहादुर दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दाहालले लक्षित समुदायका भूकम्प पिडितहरुका लागि आवश्यक कुराहरुको योजना बनाएर काम गर्न र त्यसको प्रभावकारी अनुगमनमा लाग्न समितिका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।
उक्त परियोजना अन्तर्गत आरुघाट गाउँपालिका वडा नम्बर १ देखि ६ सम्म, गोरखा नगपालिकाको वडा नम्बर ४ र धार्चेको ७ लापु विभिन्न खालका शैक्षिक, स्वास्थ्य तथा सरसफाई र जिविको पार्जन सम्बन्धी कार्यक्रमहरु भइरहेको पोखरेलले बताए ।




















