गोरखा समाचारदता
कुरितीले हुने हिंशा बिरुद्ध गोरखामा हस्ताक्षर संकलन अभियान सम्पन्न भएको छ । सोच नेपालले संचालन गरेको पारस्परिक जवाफदेहिता कार्यक्रमले महिला हिंशा बिरुद्ध म बोल्छु अभियान संचालन गर्दै हस्ताक्षर संकलन गरेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितीका सभापति अशोक कुमार गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, एसपी प्रकाश अधिकारी, जिससका पदाधिकारीहरु, स्थानीय तहका प्रमुख एवम उपप्रमुख, बिभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम प्रतिनिधी एवम नागरिक समाजका अगुवा, सर्वसाधारणहरुले अभियानमा ऐकेवद्धता जनाउदै हस्ताक्षर गरेका छन् ।

त्यस्तै १०८ औँ अन्तराष्ट्रिय महिला दिवशको अवसरमा गोरखामा सदरमुकाममा जिल्ला समन्वय समिती गोरखा र महिला तथा बालबालिका कार्यालयको आयोजना तथा सोच नेपाल, तुलसीमेयर, एकिकरण नेपाल, गोरेटो, केयर नेपालको सहयोगमा स्थानीय तहमा योजना तर्जुमा प्रकृया तथा महिला अधिकार सम्बन्धि कानुनी ब्यवस्था बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रमको अधिवक्ता एवम नागरिक साझा सवालका संयोजक स्थानेश्वर दुवाडी, महिला विकास अधिकृत शुशिला वाग्ले, अधिवक्ता राम बहादुर राउत लगायतले सहजिकरण गरेका थिए ।


