गोरखा समाचारदाता
गोरखाको शहिद लखन गाउँपालीकामा ४ दिन सम्म सञ्चालनमा आएको माटो परिक्षण सकिएको छ ।
क्षेत्रिय माटो परिक्षण प्रयोगशाला पोखराको एक टोलीले गएको २१ गते देखी सञ्चालनमा ल्याएको माटो परिक्षणमा गाउँ पालिका भरीका ३ सय २१ जनाले आफ्नो खेतबारीको माटो परिक्षण गएका थिए । कृषि उत्पादकत्व वृद्धिका लागी माटो परिक्षणका क्रममा ९० प्रतिशत भन्दा बढि माटो अम्लिय भेटीएको छ ।
माटो परिक्षण गर्ने टोलीका अनुसार घैरुङ्गको माटोमा बढी अम्लिय पना देखीएको छ भने नाम्जुङ क्षेत्रको माटोमा कम अम्लियपना भेटीएको थियो । गाउँपालीकाका कृषि शाखा प्रमुख विजय पौडेलका अनुसार खेतीपातीका लागी बढि अम्लीयपना भएको माटो उपयुक्त नहुने भएका कारण किसानलाई कृषि चुन प्रयोग गर्न सिफारिस गरिएको छ ।
गाउँ पालिकाले माटो उपचारका लागि भनेर चितवनको जलविरेमा रहेको कृषिचुन उद्योगबाट कृषिचुन ल्याउने तयारी गरेको छ । ढुवानी भाडा गाउँपालीकाले ब्यहोर्ने गरि किसानलाई कृषिचुन दिन लागीएको कृषि शाखाका प्रमुख पौडेलले बताए । बजारमा कृषिचुन प्रतिकीलो ६ रुपैया पाइन्छ ।
माटो परिक्षण सकियो
माटो परिक्षण सकियो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


