गोरखा समाचारदाता
गोरखा नगरपालिकाको मूख्य बजार क्षेत्र गोरखा बजारमा सरसफाई गरिएको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका सदस्यहरुले धार्मीक गुरु आङसाङ होङको एक सय औँ जन्मोत्सवको अबसर पारेर गोरखा बजार क्षेत्रमा सरसफाई गरेका हुन् ।
गोरखा नगरपालिका सँगको समन्वयमा सरसफाई भएको नगरपालिकाका बातावरण बिज्ञ धु्रब घिमिरेले बताउनुभयो । सरसफाईमा धर्मगुरुका झण्डै सय अनुयायीहरु सहभागी रहेका थिए । उनीहरुले सडक छेउको झार उखेल्ने, नाली सफा गर्ने सडक बडार्ने गरेका थिए ।


