×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५२ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

महिला दिवश मनाइयो

  •  
  • शुक्रबार, फागुन २५, २०७४ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता
    महिलाहरुले अहिले पनि व्यवहारिक रुपमा निर्णायक तहमा भुमिका नपाएको गुनासो गरेका छन् । १०८ औ महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महिला अधिकारवादीहरुले नेताहरुले जतिसुकै महिला अधिकारका कुरा गरेपनि ब्यवहारिक रुपमा भने खासै परिवर्तन नआएको बताएका छन् । महिलाहरु आर्थिक र सामाजिक रुपमा शसक्त नहुन्जेल महिला अधिकारका कुरा कानुनमा मात्र सिमित हुने महिला तथा बालबालिका कार्यालयकी प्रमुख शुसिला वाग्लेको भनाई छ । ‘महिला जबसम्म अरुमा निर्भर हुन्छन तबसम्म यो समस्या हट्दैन, महिलालाई आर्थिक र समाजिक रुपमा विकास गरि अघि बढाउन जरुरी छ’
    आर्थिक सक्तिकरण सहितको महिला जागरण,ग्रामिण तथा सहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने नाराका साथ जिल्लाका बिभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ । दिवशको अवसरमा गोरखा नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उपमेयर बिना कुमारी श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका अध्यक्ष अशोक गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, लगायतले मन्तव्य राखेका थिए ।
    दिवशकै अवसरमा बुंकोट प्रगतिशिल बचत ऋण सहकारीको आयोजना अक्सफाम र तुलसी महेर युनेस्को क्लबको साझेदारी र वडा कार्यालयहरुको समन्वयमा कविता प्रतियोगिता तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अवसरमा साबिकको बुंकोट भित्रका नमूना पुरुष, नमूना एकल महिला र नमूना श्रीमान÷श्रीमती र नमूना सासू बुहारीलाई सम्मान गरिएको वडा नम्बर ७ का अध्यक्ष शरण श्रेष्ठले जानकारी दिएका छन् । सोही अवसरमा भएको कबिता प्रतियोगितामा साविकको बुंकोट ९ की भगवती वाग्ले पहिलो, ४ की कमला सिंखडा दोश्रो ८ की चन्द्रमायाँ कोइराला तेश्रो र ५ की कल्पना श्रेष्ठ सान्त्वना भएका छन् । भगवती खनालको अध्यक्षता तथा समन्वय समितिकी उप–प्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यतामा रहेको थियो ।
    यसैबिच नारी दिबसकै अबर पारेर गोरखा नगरपालिका १० बिरेन्चोकमा महिला समुहको सहकारी संस्था गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा लोकगित प्रतियोगिता तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
    दिवसकै अवसरमा लैङ्गिक शसक्तिकरण तथा प्राथमिक उपचार तालिम आजबाट सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी गोरखकाली उपशाखाका अध्यक्ष नवराज उपाध्याय तिवारीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाका सभापति भगवान बाबु मास्केको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रेडक्रसका मन्त्री राजेन्द्र न्यौपाने, उपशभापति शंकर बहादुर बस्नेत, लैङ्गिक तथा समावेशिकरण समिति रेडक्रसकी जिल्ला संयोजक फूलमाया गुरुङ्ग लगायतले मन्तव्य राखेका थिए ।
    दिवसकै अवसरमा बारपाक सुलिकोट गाउँपालिको आयोजना स्वाँरा सघन गाउँबिकास केन्द्रको सहयोगमागाउँपालिका स्तरिय लोकनृत्य प्रतियोगिता भएको छ । यता अजिरकोट गाँउपालिका ३ हंसपुर महिला संजाल समितिले समाज परिवर्तनमा महिलाको भूमिका विषयक बक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा ९ वटै वडाको महिलाहरुको सहभागिता रहको समितिकी उपाध्यक्ष चन्द्रकला अधिकारीले जानकारी दिएकी छिन् ।
    यस्तै मसेल गैराथोकका महिलाहरुले महिला दिवस मनाएका छ्न । दलित र जनजाती मात्रै भएको गैराथोकमा पहिलो पटक महिला दिवस मनाइयको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, फागुन २५, २०७४ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.