गोरखा समाचारदाता
राष्ट्रिय गौरबको बुढीगण्डकी आयोजना र डुबान क्षेत्रकाजनतालाई बेवास्तागरिएको भन्दै आन्दोलन सुरु भएको छ । केहीदिन अघि काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिएकाप्रभावितहरुले बुधबारबाट आयोजनाको कार्यालय सिउरेनीटारमाधर्ना सुरु गरेका छन् । ‘हामीलाई जिउँदै मार्ने कामभयो, जग्गा रोक्का छ, प्रभावितहरुको बिच्चल्ली हेरेर राज्य रमाइरहेको छ’ सर्घष समितिका संयोजकनवराज ढकालले भने । यस अघि विभिन्न सरोकार समितिकानामभएको आन्दोलनले नतिजादिननसकेको भन्दै आफूहरु सयुक्त सघर्ष समितिबनाएर नयाँकिसिमले आन्दोलनमाउत्रिएको उनले बताए । बुढिगण्डकी आयोजना राष्टिूय सरोकार समितिका सदस्य समेत रहेकाउनले उक्त समितीले पनि केहीगर्न नसकेको आरोप लगाएका छन् । ‘धेरै समितिभए, त्यहाँ राजनितिकआस्थापनि बाँडियो, आफू अनुकुलका सरकार हुँदाकामगर्न खोज्ने अरु बेला केहीगर्न नसक्ने अबस्थामात्यस्ता समितिले अब केहीगर्न सक्दैनन’ ढकालले भने । निर्वाचन पछि मुलुकमानयाँ र स्थीर सरकार बन्ने क्रममा रहेकोले बुढीगण्डकीका मुद्दाहरुलाई पनिनयाँ ढङ्गले सरकार सामु लैजानआन्दोलनको बाटो रोज्नु परेको ढकालको दाबी छ । ‘सरकारले बजेट छुट्याएको छ, बाड्ने निकायहरु निकम्बा छन्, सरकारी खातामा पैसा थन्किएको छ, जनताले मुआब्जापाउन सकेका छैनन ।’ सरोकार समितिको नाममाभएको राजनितिकाकारण प्रभावितहरुका मुद्दा संस्थागतहुननसकेको भन्दै उनीहरुले राजनितिभन्दामाथि उठेर बुढीगण्डकीका बारेमा सोच्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
सयुक्त सर्घष समितिकानाममाआन्दोलनभए पछि बुढीगण्डकी आयोजना राष्टिूय सरोकार समितिकाअन्यपदाधिकारीहरु भने शसकितभएका छन् । आफूहरुलाई आरोप लगाएर बाम गठबन्धन निकटहरुले नयाँ समितिबनाएको उनीहरुको तर्क छ । ‘उहाँहरुले पो अब राजनितिथाल्नु भएछ, समितिमाभित्रहुँदापनिउहाँकै राजनितिदबदबाथियो, नयाँ सरकार सँग बाटो सोझ्याउनलाग्नु भए जस्तो छ’ राष्टिूय सरोकार समितिमा आवद्ध एक सदस्यले भने । बुढीगण्डकीआयोजनानिर्माणका सम्बन्धमा केन्द्रमादलहरु विचभएको राजनितिक रसाकसी जस्तै प्रभावितहरुमापनि राजनितिकगन्ध देखा पर्न थालेको भन्दै कतिपयप्रभावितहरुले चिन्ताव्यक्त गरेका छन् । तर उक्त कुराको खण्डन गर्दै नयाँबनेको सयुक्त सर्घष समितिका संयोजक ढकाल भन्छन् ‘हामीले त्यहीँ कुरालाई तोड्न त सयुक्त सर्घष समितिबनाएका छौ, सबै समिती र प्रभावितहरुलाई समेटर अगाडी बढ्छौ ।’ यस अघि बनेका समितिहरु भन्दा सयुक्त सर्घष समिति फरक भएको उनको तर्क छ ।
२०७२ सालमंसिर देखि आयोजनाले जग्गा रोक्का गरेर २०७३ मंसिरमामुआब्जानिर्धारण भएको हो । मुआब्जानिर्धारण भएको लामो समय सम्मपनिबितरण प्रक्रियाभने सुस्त छ । गतआर्थिक वर्षमागोरखातर्फ साबिकका ३ गाविसमा ५ अर्ब मुआब्जावितरण गरिएको छ । केहीदिनभित्रअयन्त्रको मुआब्जावितरणका लागिप्रक्रियाथाल्ने जिल्लाप्रशासनकार्यालय गोरखाको तयारी छ । बिहीवार, शुक्रवार र शनिवार सम्म गरी धादिङका १३ र गोरखातर्फका १४ वटै साविककागाविसका स्थानीयधर्ना कार्यक्रममा सहभागीहुने गरी कार्यक्रम तय भएको छ । साथै सोहीअवसरमाआयोजनाले बनाएको अन्यौलता, अहिले भईरहेको सुस्तताबारे पनि स्थानीयबिचजानकारी गराउने संघर्ष समुहकाअर्का सदस्य हरि सिंखडाले जानकारी दिए । आरुघाट र खहरे क्षेत्रको मुआब्जातोक्ने कामपनिअहिले सम्महुन सकेको छैन् ।
सिउरेनीटारमा सर्घष समितिको धर्ना
सिउरेनीटारमा सर्घष समितिको धर्ना
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


