गोरखा समचारदाता
जिल्लाको शहिद लखन गाउँपालिका कृषि शाखाको आयोजनामा सोमबार माटो परीक्षण गोष्ठी सम्पन्न भएको छ ।
क्षेत्रिय माटो परीक्षण प्रयोगशाला पोखराको प्राविधिक सहयोगमा भएको गोष्ठीमा कृषकहरुलाई परीक्षण गर्नका लागी माटो कसरी झिक्ने भनेर सहजीकरण गराईएको कृषि शाखाका प्रमुख बिजय राज पौडेलले जानकारी दिए । गाउँपालिकाले मगलबार आज देखि घैरुङमा ३ दिने माटो परीक्षण शिविर शुरु गर्ने उनले बताए ।
गाउपालिका अध्यक्ष रमेश थापामगरको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा अगुवाई कृषक, जननिर्वाचित प्रतिनिधि लगायत ३० जनाको सहभागीता रहेको थियो । कार्यक्रममा शहिद लखन गाउपालीकाका प्रशासकिय अधिकृत जिवन बहादुर आले मगर, क्षेत्रिय माटो परीक्षण प्रयोगशाला पोखराका निशार अहम्मद खाँ, हरिराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै शहिद लखन गाउपालीकाले आइतबार नाम्जुङमा अगुवाई कृषकहरुलाई दुध र मासु सम्बन्धी प्रशिक्षण मुलक अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।




















