गोरखा समाचारदाता
गोरखा नगरपालिका वडा नम्बर ८ स्थित खोलखोले नजिककै बाट सोमबार एक मनोरोगी युवतीको उद्धार गरिएको छ ।
स्थानियबासीहरुले दिएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गोरखाले अन्दाजी १६÷१७ बर्षिय युवतीको उद्धार गरी मानव सेवा आश्रममा बुझाएको हो । जुनु नाम बताउने ती युवतीले घरमा आमा बुबा रहेको बताएपनि घर ठेगाना बताउन सक्ने अबस्था नरहेको मानव सेवा आश्रम गोरखाले जनाएको छ ।
आश्रमका अनुसार युवतीको स्वास्थ अबस्था हेर्दा केही समय नियमित स्वास्थ उपचार गराए निको हुन सक्ने सभ्भावना रहेको छ । उनलाई छिट्टै औषधी उपचार गरी पुनस्थापनाका लागि पहल गर्ने आश्रमले जनाएको छ । गोरखा जिल्लालाई सडक मानव मुक्त बनाउने अभियानका साथ खोलिएको उक्ता आश्रममा हाल २७ जना बालगोपाल, एकजाना अशक्त महिलालाई पालन पोषण गरिदै आएको छ ।
आश्रमले गोरखा नगरपालिका वडा नम्बर ६ स्थित तीनधारे नजिकै घर भाँडामा लिएर सडकमा वेवारिशे अवस्थामा रहेका मानिसहरुको पालनपोषण गर्दै आइरहेको छ ।




















