गोरखा समाचारदाता
पालुङटार नगरपालिका वडा नम्बर ७ मा लागु औषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरकोे आयोजनामा वडा नं. ७ को शिरुवाटारमा भएको कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका प्रमुख दिपक कंडेलले बालबालिका भोलिका राष्ट्र निमार्णका कर्णधार भएकाले उनिहरुलाई बिकृती र बिसंगतीबाट जोगाउन सवैले ध्यान दिनुपर्ने बताए ।
प्रमुख कंडेलले सभ्य समाज निर्माणमा विद्यार्थीहरुको अहम भूमिका हुने भएकाले कुलतमा नलाग्न र सचेतना कार्यक्रमहरुमा सहभागी हुन सहभागी बिधार्थीहरुलाई आग्रह समेत गरेका थिए । कार्यक्रममा बोल्दै पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घर समाज र बिद्यालयमा बिधार्थीहरुलाई अनुशासित राख्न सके उनिहरुको भबिष्य उज्वल हुने बताए ।
इलाका प्रहरी कार्यालय ठाँटीपोखरीका इन्चार्ज प्रहरी निरीक्षक राजेन्द्र प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे, विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक अधिकारीले लागु औषध दुव्र्यसनी, यसका प्रकारहरु तथा नियन्त्रणका उपायहरुका बारेमा सहजीकरण गर्नुभएकोे गरेका थिए ।
सो अबसरमा कुलत बाट जोगिने उपाय, कुलतमा फसेर दुःख पाएकाहरुको अबस्था समेटिएको नाटक समेत प्रस्तुत गरिएको थियो ।


