गोरखा समाचारदाता
सडकमा रहेका अशासय व्यक्तिहरुलाई आश्रय दिदै आएको मानव सेवा आश्रमलाई नगद ५० हजार सहयोग प्राप्त भएको छ ।
गोरखा नगरपलिका वडा नम्बर ६ निवासी शान्ता अर्यालको परिवारले उक्त सहयोग गरेको हो । छोरा शिव प्रसाद अर्याल, बुहारी मधु अर्याल, छोरीहरु मन्जु अर्याल र जुनु भट्टराईको उपस्थितीमा शान्ताले उक्त सहयोग आश्रम परिवारलाई हन्तान्तरण गरेकी हुन् ।
उक्त आश्रम अहिले ४ महिना देखि १४ वर्ष सम्मा २७ जना बालबालिका एक जना अशक्त महिला र अन्य सहयोगी गरी ३३ जना बस्दै आइरहेका छन् । गोरखामा सञ्चालनमा रहेको उक्त आश्रमले सहयोगापेक्षी मानवहरुलाई आश्रय दिनुका साथै बालबालिकाहरुलाई पठनपाठन समेत गराईरहेको छ ।
गोरखा नगरपालिका वडा नम्बर ६ पाटेचौरमा एक भाडाको घरमा रहेको उक्त आश्रम मुठ्ठी दान, जन्मोउत्सव, पितृ कार्य लगायतका अवसरमा सर्वसाधरण गरेको सहयोगबाट सञ्चालन भइरहेको छ ।


