गोरखा समाचारदाता
नागरिक समाजः पारस्पारिक जवाफदेहिता कार्यक्रम अन्तरगत श्री शक्ति माध्यामिक विद्यालय पाटेचौरमा श्रोता समुह गठन भएको छ । एफएच आई ३६० र युएसएड को सहयोगमा इक्वेल एक्सेसले तयार पार्ने साझा बोली रेडियो कार्यक्रको श्रोता समुह गठन गरिएको हो ।
शिक्षा, स्वास्थ्य, कृषि, पुनःनिर्माण र सुशासन एवम जवाफदेहिताको क्षेत्रलाई प्रभावकारी बनाउन रेडियो स्रोता समुह गठन भएको हो । शुसासन सम्बन्धमा सोच नेपालले सञ्चालन गर्दै आएको नागरिक समाज ः पारस्पारिक जवाफदेहिता कार्यक्रम अन्तरगत शक्ति मावीका ११ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई समावेश गरी स्रोता समुह गठन गरिएको हो ।
रञ्जित अधिकारीको अध्यक्षतामा गठन भएको समुहको उपाध्यक्षमा इशा श्रेष्ठ र प्रविन थापा रहेका छन् । त्यस्तै सचिवमा सञ्जना क्षेत्री, सहसचिवमा इमान गुरुङ र कोषाध्यक्षमा सविन गुरुङ सहित १७ जना सदस्य चयन भएका छन् ।
पारस्पारिक जवाफदेहिता परयोजना अन्तरगत उत्पादन हुने साझा बोली कार्यक्रम जिल्लामा रेडियो गोरखा र रेडियो बारपाक सहित देशको ३९ वटा रेडियो स्टेशनबाट एक साथ प्रशारण हुने गर्दछ । रेडियो श्रोता समुह गठन कार्यक्रमको सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँ र इक्वेल एक्सेसकी सामुदायिक रिपोर्टर कमला थापाले सहजिकरण गरेका थिए ।
शक्तिमा रेडियो श्रोता समुह गठन
शक्तिमा रेडियो श्रोता समुह गठन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


