गोरखा समाचारदाता
देउवा नेतृत्वको सरकारले गरेका केही महत्वपूर्ण निणर्यहरु बर्तमान सरकारले खारेज गरेको भन्दै नेपाली काँग्रेस निकट युवा संगठन तरुण दल गोरखाले प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । नेपाल तरुणदल गोरखाका अध्यक्ष यम बहादुर थापा (अरुण) नेतृत्वको टोलीले शुक्रबार प्रमुख जिल्ला अधिकधारी जितेन्द्र बस्नेतलाई ज्ञापन पत्र बुझाउदै बर्तमान सरकारको निर्णय अधिनायकबादी कदम भएको सज्ञा दिएको छ ।
अघिल्लो सरकारले मनोनित गर्न सिफारिस गरिएका तीन जना राष्ट्रिय सभा सदस्यहरुको नाम बर्तमान सरकारले खारेज गर्नु नेपालको संविधान बिपरित रहेको ठहर तरुण दलले. गरेको छ । तरुण दलले प्रमुख जिल्ला अधिकारी बस्नतेलाई बुझाएको ज्ञापन पत्रमा संबिधान भन्दा माथी कोही नरहने भन्दै सो कदम सच्याउन राष्ट्रपती समक्ष जोडदार माग गरिएको छ ।
नेपाली काग्रेसको नेतृत्वमा निर्माण भएको संबिधान पछि देशमा स्थानिय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन कुशलता पूर्वक सम्पन्न भईसकेको उल्लेख गर्दै ज्ञापन पत्रमा यस्तो अबस्थामा नयाँ सरकारले दिगो शान्ति, स्थिरता र सम्बृद्धिको सन्दर्भमा सार्थक नेतृत्व गर्नुपर्ने उल्लेख छ ।
तिन वटै तहको निर्वाचन सकिए संगै देशमा लामो संक्रमणको अन्त्य भएको र तुलनात्मक रुपमा राजनीतिक बाताबरण बनेको अबस्थामा बर्तमान सकारले संबिधान बिरोधी गतिबिधि गर्न नहुने ज्ञापन उल्लेख गरिएको छ । अध्यक्ष थापाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा सरकारले गरेको निर्णय तत्काल नसच्याईए आफुहरु जुनसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
यता प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उक्त ज्ञापन पत्रलाई सम्बन्धित निकाय सम्म पु¥याईदिने प्रतिबद्धता व्यक्त ब्यक्त गरेको तरुण दलका उपाध्यक्ष आनन्द गुरुङ (काजी)ले जानकारी दिएका छन् ।
तरुण दल गोरखाले प्रजिअ मार्फत बुझायो सरकालाई ज्ञापनपत्र
तरुण दल गोरखाले प्रजिअ मार्फत बुझायो सरकालाई ज्ञापनपत्र
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















