गोरखा समाचारदाता
प्रदेश नम्बर ४ का उद्योग पर्यटन बन तथा बातारण मन्त्री रामशरण बस्नतले सरकारी कार्यालयको सेवा प्रवाह छिटो छरितो बनाउन निर्देशन दिएका छन् । मन्त्रीभएपछि पहिलो पटक जिल्ला आउनुभएका बस्नेतको सम्मान विषयगत कार्यालयहरु वन तथा भुमिसुधार कार्यालयले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनताको कामलाई विशेष प्राथमिकतामा राखेर चुस्त दुरुस्त ढङ्गले काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।
नेकपा एमालले बैकल्पिक केन्द्रिय सदस्य समेत रहेका बस्नेतले एमाले पार्टी कार्यालयमा आयोजित बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्राप्त अवसरको सदुपयोग गर्दै जनतााको मन जित्ने किसिमले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफ्नो मन्त्रालयले गर्ने कामका बारेमा निति निमार्ण गर्नु पहिलो प्राथामिकता रहेको भन्दै त्यसमा आफुले ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।
मन्त्री बस्नेतले अब आफुले समग्र प्रदेशको बिकास निर्माणलाई ध्यान दिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै जनतको बिश्वासलाई पुरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले गोरखा जिल्ला मात्र नभएर सवै क्षेत्रको बिकासको दायित्व आफ्नो काधमा आएको भन्दै जिम्मेवारी पूरा गर्न लागि पर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
मन्त्रि भएपछि पहिलो पटक गृह जिल्ला गोरखा आएका मन्त्री बस्नेत विभिन्न कार्यक्रममा ब्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्र भिमसेन गाउँपालिकाको बगुवा, आरुघाट गाउँपालिकामा लगायतका स्थानमा पुगेर जनता संग भेटघाट एवम छलफल सम्पन्न गरेका छन् । त्यस्तै आज गोरखा सदरमुकाममा कार्यालय प्रमुखहरु संग भेटघाट गरी पोखरा फर्खने कार्यक्रम रहेको स्रोतको भनाई छ ।
सेवा प्रवाह चुस्त बनाउन मन्त्री बस्नेतको निर्देशन
सेवा प्रवाह चुस्त बनाउन मन्त्री बस्नेतको निर्देशन
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


