गोरखा समाचारदाता
गोरखा बजार क्षेत्रको फुटपाथ ब्यबस्थित बनाउन गोरखा नगरपालिकाले काम अघि बढाउको छ । फुटपाथ अब्यवस्थित हुदा बजार क्षेत्र अस्तब्यस्त बनेको भन्दै ब्यवस्थित बनाउन नगरपालिकाले प्रक्रिया अघि बढाएको हो ।
शनिबार बजार क्षेत्रको बिसौनीमोडका अब्यवस्थित टहराहरु हटाउन नगरप्रमुख राजनराज पन्त स्वयम खटिएका छन् । फुटपाथ क्षेत्र हडपेर अब्यवस्थित ढंगबाट ब्यवसाय संचालन गर्दै आएका केही टहराहरु नगरप्रमुख पन्तको नेतृत्वको टोलीले हटाएको छ ।
गोरखा नगरपालिकाले केही दिन अघि १५ दिने सुचना प्रकाशित गरि अब्यवस्थित टहरा भत्काउन सुचना जारी गरेको थियो । नगरपालिकाले जारी गरेको सार्वजानिक सुचनाको समयसिमा सकिएपनि सो टहराहरु नहाइएको भन्दै नगरप्रमुख आफै खटिएर टहराहरु हटाइएको छ । ‘हामीले केही दिन अघि नै यि टहराहरु हटाउन सुचना नै निकालेर अनुरोध गरेका थियौ, तर आजसम्म पनि हटाएनन त्यसैले हामी आफै आएर हटाएका हौ’ नगरप्रमुख पन्तले भने ।




















