मोहसिन अलि मियाँ/गोरखा
नगर क्षेत्रलाई स्वच्छ र सफा बनाउनका लागि गोरखा नगरपालिकाले अभियानको थालनी गरेको छ । नगरका १४ वटै वडामा एकै समयबाट सुरु भएको सरसफाई अभियानको शनिबार नगरप्रमुख राजनराज पन्तले सुभारम्भ गरेका हुन् ।
नगर क्षेत्रलाई सफा र वाताबरणमैत्री बनाउनका लागि अभियानको थालनी गरेको प्रमुख पन्तको भनाई छ । ‘आज (शनिबार) हामीले एकै समयमा १४ वटै वडाहरुमा सरसफाई अभियानको सुरुवात गरेका छौ, नगरलाई सफा र हराभरा बनाउन नगरपालिकाले सुरु गरेको यो अभियानमा सबै टोल सुधार समिती र नगरवासीले ऐकेवद्धता जनाएका छन्’ नगरप्रमुख पन्तले भने ।
नगरपालिकाले नगरक्षेत्रलाई पर्यटकिय हब बनाउने तयारी स्वरुप पनि यो अभियानको सुरुवात भएको उनको भनाई छ ।
‘गोरखा पर्यटकिय हिसाबले अत्यन्त सम्भावना भएको ठाँउ हो, पर्यटकिय हब बनाउनका लागि सबैभन्दा पहिला त सरसफाई गर्नुप¥यो नि, त्यसैले सबै वडामा अब यो अभियान हैन महाअभियानको रुपमा अघि बढ्दैछ’ नगरप्रमुख पन्तले भने ।
त्यस्तै मौसममा हुदै गएको परिवर्तन संगै फोहोर मैलाले मानविय स्वास्थ्यमा पार्ने असर कम गर्न र नमुना नगरपालिका बनाउनका लागि पनि यो अभियानको सुभारम्भ भएको उनी बताउछन् । एकै समयमा नगरक्षेत्रका वासीलाई सरसफाईको अभियानमा उतारेर सचेतनाको सन्देश समेत दिन खोजिएको नगरप्रमुख पन्तको भनाई छ ।
आगामी दिनमा यो अभियान टोल विकास संस्थालाई जिम्मा दिएर अन्य सहयोगमा नगरपालिका लाग्ने बताइएको छ । ‘हामीले अभियानको सुरुवात ग¥यौ, अबका दिनमा सबै जिम्मा टोल विकास संस्थाहरुलाई दिएर उहाँहरुलाई के आवस्यक पर्छ त्यो सहयोग गरेर हामी यो अभियानलाई निरन्तरता दिदैछौ’ नगरप्रमुख पन्तले भने ।
शनिबार नगरका १४ वटै वडामा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । सबै वडाहरुमा वडा अध्यक्षहरुले कार्यक्रमको नेतृत्व गरेका थिए भने नगरपालिकाको कार्यालयबाट समेत कर्मचारी खटाइएको थियो ।
१४ वटै वडामा सुरु भयो सरसफाई अभियान
१४ वटै वडामा सुरु भयो सरसफाई अभियान
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


