सम्पादकीय
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्र माछाखोलासम्म सवारी साधन पुग्ने अबस्था रहेपनि दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न नपाएको स्थानीयले गुनासो गरेका छन । नेपाली सेनाले निर्माण गरिरहेको बेनीघाट, आरुघाट लार्केभञ्जाङ सडकको काम भइरहेको उक्त स्थानमा निर्माण सम्पन्न भएको ठाउँमा सवारी सञ्चालन गर्न दिने हो भने बाँकी स्थानमा बुढीगण्डकी नदीको किनारबाट भएपनि यातायात चलाउन सकिने स्थानीयको भनाई छ । अहिले नौलीखोला सम्म सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको र त्यसमाथि खोलाको किनारबाट अस्थायी सडक निर्माण गरिएकाले केही महिना सवारी सञ्चालनको अनुमति दिने हो भने त्यहाँका स्थानीयले सर्बसुलभ दररेटमा दैनिक उपभोक्त सामाग्री उपभोग गर्न पाउने देखिएको छ । गाउँपालिकाले समेत उक्त समस्यालाई गम्भिरता पुर्वक लिदै प्रशासनलाई अनुरोध गरिसकेको छ । पहिलो पटक माछाखोलामा सवारी साधन मार्फत नुन ढुवानी गर्दा यसअघि ४० रुपयाँमा किनेबेच भएको नुन २२ रुपयाँ बिक्रि हुन थालेको छ । तर अहिले अरु सवारी साधन चल्न रोक लगाइएकाले अन्य सामाग्री ढुवानी गर्न नपाएको स्थानीयको भनाई छ । भुकम्प पछिको पुनःनिर्माणले तिब्रता लिएका बेला घच्चडले बोकाएर लगेको सामाग्रीको मुल्य अत्याधिक महंगो हुँदा सर्वसाधरण मारमा परेका छन् । यदि सवारी साधन मार्फत ढुवानी गर्ने हो भने एक बोरा सिमेन्टमा ५ सय, जस्तामा प्रतिबण्डल ५ हजार तथा रड एक मुठ्ठाको ५ हजार सम्म सस्तो पर्ने देखिएको छ । त्यसैले यस्तो संवेदशिल कुरालाई ध्यानमा राखेर केही महिना भएपछि सवारी सञ्चालनको अनुमती दिन सरोकावाला निकायले आवश्यक समन्वय गर्नु पर्ने देखिएको छ । वर्खा अगावै उक्त काम सम्पन्न गर्नुपनी जरुरी छ ।
आवश्यक समन्वय गर
आवश्यक समन्वय गर
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















