सम्पादकीय
केही दिन अघि जिल्लाका कार्यालय प्रमुखहरुले पोखरामा गोष्ठी गरेका विषयको चर्चा अझै सेलाएको छैन् । जिल्लाको महत्वपुर्ण तथा संवेदनशिल विषयमा छलफल गर्न कार्यालय प्रमुखहरुको टिम पोखरा पुगेका भनि अनेक टिका टिप्पणी भइरहेको छ । जिल्लामा कार्यक्रम गर्दा कार्यालय प्रमुखहरुले प्रयाप्त समय उपलब्ध नगराउने गरेको र गोष्ठी उपलब्धीपुर्ण बनाउन पोखरा रोजिएको आयोजकले बताएको छ । उक्त गोष्ठीले जिल्लाको पुनःनिर्माणको कामलाई गति दिन २९ बुँदै घोषणापत्र जारी गरेको छ । जनप्रतिनिधिलाई समेत सहभागी नगराइएको उक्त गोष्ठीको निर्णय नम्माने अधिकाशं जनप्रतिनिधिको कथन छ । उक्त विषयलाई समेटिएको पुर्व प्रधानमन्त्री एवं नम्बर २ का सांसद डाक्टर बाबुराम भट्टराईको ट्वीटले अहिले सर्बत्र हंगामा मच्चाएको छ । राष्ट्रिय तथा स्थानिय सञ्चार माध्यम उक्त विषयले राम्रै स्थान पाइरहेको छ । यस्तो अबस्था कार्यक्रमको आयोजक एवं अन्य सरकोकारवालाहरुले उक्त गोष्ठीको बारे स्पष्ट धारणा बाहिर ल्याउनु जरुरी छ । यदी भ्रमहरु छन भने चिर्दै यो विषय टुग्याउनु पर्छ । भुकम्प गएको ३३ महिना बितिसकेको छ । जनता अझै टहरामा छन् । पुनःनिर्माणका धेरै काम कर्मचारीकै थाप्लोमा छ । यस्तो बेला हुने असहमती र तिक्तता कार्य सम्पादनमा समेत बाधा पुग्न सक्छ । कर्मचारी र जनप्रतिनिधि वीच दुरी समेत बढ्न सक्छ । त्यसैले बेलैमा सबै पक्षहरुसँग छलफल गरी यो विषयलाई सुल्झाउन तर्फ जिल्लाका सरोकारवालाहरुले ध्यान दिनु जरुरी छ । कार्यक्रमको बारेमा स्पष्ट धारणा सार्वजानिक गरी सबै प्रष्ट बनाउने काम गर्न पुनःनिर्माण प्राधिकरण र जिल्लाका विषयगत कार्यालय पहल थाल्नुपर्ने देखिन्छ ।


