गोरखा समाचारदाता
फाल्गुण ३ गते । माओवादी केन्द्रका जिल्ला इन्र्चाज चुणामणी खड्का सांसद हुने निश्चित भएका छन् । माओवादी केन्द्रले समानुपातिक सांसदको नामावली सच्याए पछि पुरुषको कोटामा हितराज पाण्डेको नाम हटाएर चुडामणि खड्काको नाम राखेर निर्वाचन आयोगमा पठाएको छ ।
यसअघि माघ २९ गते माओवादी केन्द्रले आयोगमा पेश गरेको सूचीमा खस आर्य पुरुष क्लस्टरमा १ नम्बरमा रहेका हितराज पाण्डेको नाम समावेश थियो । तर आयोगले अपांग क्लस्टरबाट कोही नपरेको भन्दै सूची सच्याउन माओवादीलाई आग्रह गरेको थियो । त्यसपछि माओवादीले पाण्डेको नाम काटेर खड्काको नाम पठाएको हो ।
पाण्डे र खड्का दुबै गोरखाका हुन् । गत वर्षसम्म पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वकीय सचिव रहेका खड्का हाल माओवादीको गोरखा जिल्ला इन्चार्ज छन् ।


