गोरखा समाचारदाता
फाल्गुण ३ गते । गोरखा उद्योग वाणिज्य सघंका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । बुधबार आयोजित एक कार्यक्रमका विच अध्यक्ष जिवनज्योति श्रेष्ठलाई निवर्तमान अध्यक्ष श्रवणकुमार जोशीले सपथ ग्रहण गराएसँगै श्रेष्ठले पदभार समेत सम्हालेका हुन् ।
अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण गराई पदभार ग्रहण समेत गराएको गोरखा उद्योग वाणिज्य सघंका कार्यकारी सचिव दिपेन्द्र श्रेष्ठले बताए । गत माघ २१ गते सम्पन्न अधिवेसनबाट अध्यक्षमा श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ, उपाध्यक्षमा भगवानबाबु मास्के, महासचिवमा राजबाबु श्रेष्ठ सर्वसम्वत चयन भएका थिए ।
यसैगरी निर्वाचनबाट कोसाध्यक्ष प्रकाशचन्द्र श्रेष्ठ, सचिवमा अस्मकबाबु श्रेष्ठ, सदस्यहरुमा गोबिन्द बहादुर गुरुङ, बसन्तकुमार श्रेष्ठ, बसन्त बस्नेत, शरण श्रेष्ठ, चन्दनबाबु खत्री, मानकाजी श्रेष्ठ, रामहरी केसी निर्वाचित भएका थिए । महिला सदस्यमा विष्णुमायाँ मास्के र बस्तुगत तर्फ बाट कृष्ण विश्वकर्मा भने सर्वसम्वत भएका थिए ।
उनीहरु सबैले बुधबार सपथ लिएर पदभार ग्रहण गरेका हुन् । गोरखा उद्योग वाणिज्यको अन्र्तगतको मनकामना बजार इकाइका अध्यक्ष रामकुमार श्रेष्ठ उनका भाई सुजित श्रेष्ठको अधिवेसनमा मतदान गरी काठमाण्डौ जाने क्रममा सबारी दुर्घटनामा मृत्यु भएकाले पदभारग्रहणको काम पछि सारिएको थियो ।
जिल्लाका व्यापारी व्यवसायीहरुको छाता संस्था गोरखा उद्योग वाणिज्यको ३/३ वर्षमा अधिवेसन हुने गर्छ ।


