गोरखा समाचारदाता
गोरखा नगरपालिक वडा नम्बर ५ को हिमचुली वचत तथा ऋण सहकारीले यस वर्ष रजत महोत्सव मनाउने निर्णय गरेको छ । आज भन्दा २५ वर्ष अघि ३० जना मिलेर सुरु गरेको उक्त सरकारीले आगामी ११ गते देखि १५ गते सम्म विभिन्न कार्याक्रम गरी महोत्सव मनाउन लागेको आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
१३ करोड ७४ लाख ३३ हजार ३०३ कुल पुँजी रहेको उक्त सहकारीमा १० करोड, १८ लाख ६८ हजार ८१७ रुययाँ बचत रहेको रहेको छ । १ करोड ८९ लाख १ हजार ६१२ रुपयाँ कोषमा रहेका हिमचुलीमा ११ करोड १० हजार ४८६ रुपयाँ ऋण लगानी भएको अध्यक्ष दिलिप देवकोटाले जानकारी दिए ।
यस आर्थिक वर्षको हाल सम्म २८ लाख २७ हजार १८७ रुपयाँ नाफा भएको छ । सरकारीको घरजग्गा बापत स्थिरपुँजी २ करोड ३५ लाख रहेको छ । उक्त सरकारीले विभिन्न शिर्षकमा कर्जा प्रवाह गर्नुका साथै शेयर सदस्यहरुलाई आकर्षक सुबिधा प्रधान गरेको दाबी गरेको छ ।
रजतमहत्वको अबसरमा फागुन ११ गते देखि १५ गते सम्म नगरपालिका भित्रका प्लस टु स्तरिय वक्तृत्व कला प्रतियोगिता, उपक्षेत्रिय स्तरका खेलकुद कार्यक्रम,अन्तक्रिया लगायतका विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।
२५ औं वार्षिक स्थापना दिवश तथा रजत जयन्तीको अबसरमा ३५ दिनको समय सिमा निर्धारण गरी शेयर राख्न, पुरानो ऋण भुक्तानी गर्न विशेष छुटको समेत व्यवस्था गरिएको देवकोटाले बताए ।


