कैलासबावु श्रेष्ठ/गोरखा
माघ २६ गते । गोरखा सदरमुकाममा पहिलो पटक अपांङ्ग मैत्री संरचना तथा अपाङ्गता भएका ब्यक्तिहरुको लागि खेलमा बिकास तथा अपाङ्गता सम्बन्धी जनचेतना गराउने उदेश्यका साथ नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना तथा हरमटारी युवाक्लव र प्रगतिशिल अपाङ्ग संघ गोरखाको आयोजनामा पहिलो पटक ह्विल चियर बास्केटबल प्रतियोगिता हुने भएको छ ।
सदरमुकामको खेलकुद मैदानमा फाल्गुन २४ र २५ गते गरी दुई दिन हुने खेलका लागिआयोजकले अस्थायी बास्केटबल पोल बनाई खेल प्रतियोगित हुने नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका महासचिव ऋषिराम ढकालले बताए । ‘अपाङ्गता भएकाहरु खेलाडिहरु बीच समय समयमा विभिन्न खेल तथा रचनात्मक कार्यक्रमहरु आयोजना गर्दै आएको र गोरखा जिल्लामा अपांगता भएका व्यक्ति प्रति सकारात्मक दृष्टिकोण विकास गर्न सकियोस् भन्ने उद्देश्यका साथ खेलको आयोजना गरीएको’ महासचिव ढकालले बताए ।
विश्वमै पहिलो पटक नेपालमा अन्तराष्ट्रिय ह्वील चियर क्रिकेट खेलको आयोजना गराइ विश्वमै एउटा इतिहास बनाएको संघले ह्वील चियर प्रयोगकर्तालाई खेलकुदमा समावेश गराई सामजिक तथा मानसिक रुपमा प्रबल बनाउने, शारीरिक, आर्थिक तवरले आत्मनिर्भर हुन अभिप्रेरित गर्दै प्रतियोगीहरुलाई मुस्कान र आत्मविश्वास बढाउन उनीहरुलाई स्वतन्त्र र सार्थक जीवन विताउन सक्ने अवस्थाको सिर्जना तयार गर्ने यो कार्यक्रम आयोजना गरिएको जानकारी दिएको छ ।
महिला र पुरुषहरु गरी ६ समूहको सहभागीता रहने उत्तप्रतियोगितामा फरक क्षमता भएका ब्यक्तीहरुको नृत्य प्रर्दशन समेत हुने छ । प्रतियोगिताले अपाङ्गता भएका व्यक्तिहरुको क्षमताको बारेमा समाजलाई एउटा गतिलो सन्देश दिने रउ नीहरुलाई परम्परागत समाजको बदलिँदो परिवेशमा अपाङ्गतालाई हेर्ने धारणा सकारात्मक प्रभाव पुरयाउने संघले विश्वास लिएको छ ।
गोरखामा ह्वील चियर बास्केटबल प्रतियोगिता हुदै
गोरखामा ह्वील चियर बास्केटबल प्रतियोगिता हुदै
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


