गोरखा समाचारदाता
मेयर कप फुटबलमा गोरखा नगरपालिकाले लज्जापद हार व्यहोरेको छ । पोखरा लेखनाथ महानगरपालिका सँग भएको सेमिफाइन खेलमा ८– १ फराकिलो गोल अन्तरले पराजित भएपछि गोरखा घर फर्केको छ । ‘ए’ डिभिजनका राष्ट्रिय लिग खेलेका खेलाडीहरुले भरिपुर्ण पोखरा सामू गोरखा निरिह देखियो । खेलको पुरै समय हाबी भएको पोखराले गोरखालाई निकै दबाबमा राखेको थियो ।
यसैविच गोरखाले खेलमा धाँदली भएको भन्दै पोखरा बिरुद्ध उजुरी हालेको छ । मेयरकप फुटबलमा सम्बन्धित नगरपालिका भित्रका खेलाडीले मात्र सहभागीता जनाउन पाउने भएपनि पोखराले बाहिरका खेलाडी खेलाएर नियम उल्घन भन्दै उजुरी दर्ता गराएको गोरखा नगरपालिकाका क्पाप्टेन सरोज श्रेष्ठले बताए ।
यता गोरखा नगरपालिकाको खेलाडी लिएर बाग्लुङ पुगेका सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्यायले मेयरकप व्यवस्थापन नियमावली अनुसार उजुरी दर्ता भएको र अब २४ घण्टा भित्र आयोजकले नागरिकता छानविन गरी सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताए । छानबिनका क्रममा यदी बाहिरको खेलाडी भेटिएमा पोखरालाई कारवाही गर्ने सक्ने बताए ।
यदी पोखराले नियम बिपरित बाहिरको खेलाडी खेलाएको पाइएमा गोरखा स्वत अर्को चरणमा पुग्ने छ ।


