गोरखा समाचारदाता
दुल्लब मावि श्रोत केन्द्र भित्रका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको छ । उक्त श्रोत केन्द्र भित्रका गत आर्थिक वर्ष भित्र उत्कृष्ट अङ्क ल्याउन विद्यार्थी र सो विषयका शिक्षकलाई सम्मान गरिएको स्थानीय शिक्षक सुर्दशन तिमिल्सीनाले जानकारी दिए ।
जसअनुसार सस्कृत मावि तान्द्राङका अग्रेजी शिक्षक नरनाथ खनाल, नवज्योति मावि टारीफाँटका गणित विषयका शिक्षक सुर्दशन तिमल्सिना, सोही विद्यालयका विज्ञान विषयका शिक्षक सिताराम दाहाल, सिद्धकाली मावि ताराखसेका सामाजिक शिक्षक अर्जुन देवकोटा र सस्कृत मावि ताराखसेका स्वास्थ्य जनसंख्या तथा वातावरण विषयका शिक्षक श्याम प्रसाद लामिछानेलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
सोही अवसरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु एसइइ तर्फ प्रवेश लामिछाने, कक्षा ९ का सुजन दाहाल लगायत कक्षा १ देखि एसइइ सम्म उत्कृष्ट नजिता ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरिएको छ ।
श्रोत व्यक्ति मिन बहादुर नेपालीको अध्यक्ष तथा भिमसेन थापा गाउँपालिकाकी उप–प्रमुख बिनु वाग्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दुल्लव माविका प्रधानाध्यापक शिव प्रसाद भट्ट,सिद्धकाली माविका प्रधानाध्यपक गोर्कण प्रसाद अम्गाई, प्रभात मावि धावाका प्रधानाध्यापक गिरीराज लामिछाने लगायतले मन्तव्य राखेका थिए ।


