गोरखा समाचारदाता
मेयर कप फुटबलमा गोरखा नगरपालिकाले बिजयी सुरुवात गरेको छ । बाग्लुङमा जारी ४ नम्बर प्रदेश स्तरिय प्रतियोगिता अन्र्तगत बिहिबार भएको खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ को गोल अन्तरले पराजित गर्दै गोरखा नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको हो ।
गोरखा नगरपालिकाको जितका लागि जमिर मास्के, सरोज श्रेष्ठ र युबस ढकालले १/१ गोल गरेका थिए । उक्त खेलमा गोरखा नगरपालिकाका किपर सिलोन श्रेष्ठले देवचुली नगरपालिकाका खेलाडीले सिर्जना गरेका सुन्दर गोलका अबसरहरुलाई बिफल तुल्याइदिएका थिए । निकै राम्रो प्रर्दशन गरेको गोरखा नगरपालिकाले खेलमा थुप्रै अबसरहरु सिर्जना गरेको थियो ।
स्थानीय तह निर्माण भएपछि पहिलो पटक आयोजना भएको ४ नम्बर प्रदेश स्तरिय उक्त प्रतियोगितामा भएको हो । प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्टूाइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच/पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलाडीहरुको मनोबल बढाउनका लागी गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, अखिल नेपाल फुटबल संघ गोरखाका पदाधिकारीहरु लगायतका टोली समेत खेलमैदान बाङ्गेचौर गुगेको थियो ।


