कैलासबावु श्रेष्ठ/गोरखा
माघ १६ गते । मंगलबार देखी बाग्लुङ्गमा शुरु हुने लागेको ४ नम्बर प्रदेश स्तरीय मेयर कप प्रतियोगितामा सहभागी हुने फुटबल खेलाडीहरुलाइ एक कार्यक्रम बिच बिदाई गरीएको छ । गोरखा जिल्लाको दुई नगरपालिकाको दुई समूहलाइ फरक फरक कार्यक्रम बिच बिदाई गरीएको थियो ।

खेलमा गोरखा नगरपालिका र पालुङ्गटार नगरपालिकाको दुई समूह सहभागी हुदै छ । पालुङ्गटारले मंगलबारनै हुने खेलमा सहभागी हुने छ भने गोरखा नगरपालिका भने बाइ मा परेको कारण बिहीबार मात्र खेलमा सहभागी हुने छ ।

पालुङ्गटारको समूहलाई सोमबार नै पालुङ्गटारका मेयरले बिदाई गरी सकेको छ भने गोरखा नगरपालिकाको समूहलाइ भने मंगलबार बिहान गोरखा सदरमुकाममा रहेको खेलकुद मैदानमा मेयर राजनराज पन्तले बिदाई गरेका थिए ।

मंगलबार बिदाई गरीएको उत्त समूह बुधबार बिहानै गोरखा सदरमुकाम बाट बाग्लुङ्गका लागि प्रस्थान गर्ने फुटबल संघका जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए । समूहमा १६ जनाको सहभागीता रहने छ ।

बिदाई कार्यक्रममा गोरखा नगरपालिकाका मेयर पन्तले क्याप्टेन र गोल किप्परलाई जर्सी तथा संघका अध्यक्ष श्रेष्ठले सबै सहभागीहरुलाइ अबिर लगाएर बिदाई गरेका थिए ।



