गोरखा समाचारदाता
बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समितिले शुक्रबार आयोजनाको कार्यालय सिउरेनीटारमा धर्ना दिएको छ । बुढीगण्डकी आयोजनाको काम सुस्त भएकोले प्रभावितमा अन्यौलता बढेको भन्दै धर्ना दिइएको सरोकार समितिका हरि सिम्खडाले जानकारी दिनुभयो । दिनभरको धर्ना पछि आन्दोलनकारी बुढीगण्डकी आयोजना राष्ट्रिय सरोकार समिति र आयोजना कार्यालय बिच सहमती भएको छ । बुढीगण्डकी आयोजनाको काम द्रुत गतिमा अगाडी बढाउने बिषयमा आगामी १७ गते उर्जा मन्त्रालयमा, उर्जा मन्त्रि, सहाययक एवं राज्य मन्त्रि, आयोजना प्रमुख, गोरखा र धादिङका सांसदहरु, उर्जा सचिव, दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सरोकार समितिका पदाधिकारी सहित छलफल गर्ने सहमती पछि धर्नाको कार्यक्रम फिर्ता लिएको सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिनुभयो । धर्नाका क्रममा गोरखाले गत आर्थिक वर्षमा मुआब्जा बापत आएको अधिकाशं रकम वितरण गरेपनि धादिङमा प्रभावकारी नभएको भन्दै त्यसलाई पनि ध्यानदिने सहमती भएको छ ।
सरोकार समितिको दबाब
सरोकार समितिको दबाब
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


