गोरखा समाचारदाता
नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले ४ नम्बर प्रदेश बाट राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिएका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्य पाण्डे गोरखाको खोप्लाङ निवासी हुन । उनी सँगै १२ जनाले प्रदेश नम्बर ४ बाट मनोनय दर्ता गराएका छन् ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार महिला सदस्य तर्फ नेकपा एमालेका दिपा गुरुङ र शान्तिकुमारी अधिकारी जिसी, नेपाली काँग्रेसका वृन्दा देवी आले राना, राष्ट्रिय जनमोर्चाबाट मिना पुन छन्। त्यसैगरी दलित सदस्य तर्फ नेकपा माओवादी केन्द्रका खिमकुमारी विक र नेपाली काँग्रेसका तर्फबाट जीतबहादुर नेपाली, अल्पसंख्यक वा अपांगताबाट नेपाली काँग्रेसका प्रकाश पन्थ, नेकपा एमालेका रामबहादुर थापाको उम्मेदवारी परेको छ ।
त्यस्तै खुल्ला तर्फ नेकपा एमालेका गणेशप्रसाद तिमिल्सिना, नेकपा माओवादी केन्द्रका दिनानाथ शर्मा, नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे र राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले मनोनयन दर्ता गराएका छन् ।




















