कैलासबावु श्रेष्ठ/गोरखा्
माघ ९ गते । जिल्लामा क्रियाशिल पत्रकारहरुको लागि सोमबार देखी सञ्चालीत बिपद बारे रिपोर्टीङ, विपदको अनुभव र भविष्यको योजना बारे भएको कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।
पत्रकार महासंघ गोरखाको आयोजना तथा अक्सफार्मको आर्थिक सहयोगमा भएको उत्त कार्यशाला गोष्ठीलाइ राजेन्द्र दाहाल र मधु आचार्यले सहजीकरण गरेका थिए ।
कार्यशालामा जिल्लाका पत्रकारहरुले अनुभव गरेका रिपोर्टीङका सबै पक्षको अनुभव आदान प्रदान गरीएको थियो । उत्त कार्यक्रममा २० जना पत्रकारहरुको सहभागीता रहेको पत्रकार महासंघ गोरखा शाखाले जानकारी दिएको छ ।


