गोरखा समाचारदाता
माघ ९ गते । कामका लागि खाद्यन्न कार्यक्रम अन्र्गत धार्चे गाउँपालिकको कासिगाउँमा अन्न वितरण थालिएको छ । डब्लुएफपी, एलडब्लुएफ र गोरेटो गोरखाको साझेदारीमा सञ्चालित परियोजना अन्र्तगत सोमबार १ सय ४६ जनाले खाद्यन्न बुझेका छन् ।
उक्त सहयोग हस्तान्तरणका लागि कासीगाउँ पुगेका गाउँपालिका अध्यक्ष सन्त बहादुर गुरुङ, गोरेटो गोरखाका प्रतिनिधि राजु श्रेष्ठ, एलडब्लुएफ कार्यक्रम संयोजक डा.सुबास गुरुङ, डब्लुएफपि की गिता बुढा, योजनाका उपभोक्ता समितिको अध्यक्षहरु लगायतको उपस्थीतिमा प्रति परिवार ७५ किलो चामल र १३ दशमल ५ किलो दाल उपलब्ध गराइएको श्रेष्ठले बताए ।
कासिगाउँमा र यास्र्सामा गोरेटो बाटो र चामखर्कमा खानेपानी आयोजना निर्माणमा संग्लन ५ सय १० परिवार मध्ये १ सय ४६ जनालाई पहिलो दिन खाद्यन्य उपलब्ध गराइएको हो ।
कासिगाउँमा आयोजित एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष गुरुङले स्थानीयहरुलाई चामल र दाल हस्तान्तरण गरेका हुन् । कासीगाउँ र यार्सा बनाइएको ३१०० मिटर गोरेटो बाटो निर्माण संलग्नहरुलाई उक्त खाद्यन्न उपलब्ध गराइएको हो ।
यसैगरी चाम खर्कमा खानेपानी आयोजना निर्माण सम्पन्न गरेका स्थानीयहरुलाई पनि उक्त परिमाणको खाद्यन्न सहयोग गरिने गोरेटो गोरखाका राजु श्रेष्ठले जानकारी दिए ।


