गोरखा समाचारदाता
निर्माण व्यवसायी सघंले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । भुकम्प पछिको पुर्ननिर्माण र जिल्लाका भौतिक पुर्वाधारहरुको निर्माणको काममा नदिजन्य सामाग्रीको सहज रुपमा उपलब्ध हुन भन्दै प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
संघका अध्यक्ष बाबुराम श्रेष्ठको नेतृत्वमा गएको एक टोलीले ४ बुँदे माग समेत राखेको छ । निर्माण सामाग्रीको मुख्यमा एकरुपता कायम गर्नुपर्ने, जिल्ला दररेट भन्दा महंगो भएकाले घाटगद्धी बाट उपलब्ध गराउनुपर्ने, घाटगद्धीबाट उपलब्ध हुन नसकेको अवस्थामा आइई गरेको स्थानबाट हेभीइक्यूमेट प्रयोग गरी गिट्टी बालुवा निकाल्न पाउनुपर्ने, आर्थिक वर्षको सुरुमा गरिएको जिल्ला दररेट पुर्नविचार गर्नुपर्ने लगायतका माग समेटिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका सबै योजनाहरुका लागि नदिजन्य पदार्थ उपलब्ध गराउन आफूहरु तयार रहेको भन्दै निर्माण सामाग्री अभावको कारण देखाएर ठेक्का लम्ब्याउने प्रयास नगर्न ठेकदारहरुलाई आग्रह गरेका थिए । यदी बाहानाबाजी गरेर ठेक्का लम्ब्याउने काम भए कालो सुचीमा राखेर कारवाही गर्ने समेतको चेतावनी दिदै उनले काम गर्ने ठेकेदारलाई सहज वातावरण बनाइदिने आश्वासन समेत दिएका छन् ।


