गोरखा समाचारदाता
जिल्लामा रगतको मागलाई ध्यानमा राखेर जेसिसले विहिबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रशको समन्वयमा जिल्ला अस्पताल गोरखामा भएको रक्तदान कार्यक्रमा १० जनाले रक्तदान गरेको जेसिस गोरखाका महासचिव सुवास मल्लले बताए । ‘जिल्लामा रगतको माग र जेसिसको नियमित कार्यक्रम अनुसार हामीले रक्तदान गरेका हौ’ उनले भने ।
उक्त कार्यक्रमबाट दश पाउण्ड रगत जम्मा भएको गोरखा जेसिज गोरखाका अध्यक्ष उमेश गुरुङले जानकारी दिए । ‘जिल्लामा बल्ड बैङ्क छैन्, धेरै रगत जम्मा गरेर राख्ने ठाउँ छैन, हामीले अहिलेको माग थेग्ने गरी यो कार्यक्रम गरेका हौ’उनले भने । जम्मा भएको रगत अस्पताललाइ बुझाइएको गुरुङले बताए । जेसिजले बार्षिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।




















