गोरखा समाचारदाता
विश्व प्रख्यात स्वम्सेवी संस्था रेडक्रशलाई अन्य सघं सस्थाको रुपमा नबुझ्न जिल्ला शाखा सभापती भगवान बाबु मास्केले आग्रह गरेका छन् । स्थापना दिवशका सन्र्दभमा गोरखा समाचारसँगको कुराकानीमा उनले रेडक्रशको सात सिद्धान्तमै रहेर जिल्लामा काम भइरहेको दाबी गरे‘हामी रेडशक्रको विश्वव्यापी मान्यता र सात सिद्धान्तमा प्रतिवद्ध छौं, सोही अनुसार काम गरिरहेका छौ ।’ भुकम्प पछि रेडक्रश पनि अन्य एनजिओ÷आइएनजिओ जस्तो देखिन्छ नी भन्ने हाम्रो जिज्ञासामा उनले बिनाशकारी भुकम्प पछि विभिन्न देशका रेडक्रशहरुको सहयोगमा भुकम्प पुर्नलाभ तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरिएको भए पनि एनजिओ÷आइएनजिओको रुपमा काम नगरेको बताए । ‘रेडक्रश भोलेन्टिएर संस्था हो हामीले स्वम्सेवी रुपमै काम गरिरहेका छौं, अन्य सस्थामा जस्तो धेरै सञ्चालन खर्च छैन्’ मास्केले भने ‘रेडक्रशका कार्यक्रमहरु नियालेर हेरिदिन म आग्रह गर्छु, हामी एनजिओ जस्तो भएका छैनौं ।’ रेडक्रशले आफ्ना नियमित काम नछोडेको भन्दै उनले विपत्त व्यवस्थापन, प्राथामिक उपचार, विपत्त न्यूनिकरण, विपत्तका बेला गर्नुपर्ने पुर्व तयारी लगायतका कार्यक्रमलाई पनि प्राथकिताका साथ जोड दिइरहेको बताए । मानवतावादी काम अन्र्तगत नै जिल्ला रेडक्रश शाखा गोरखाले जिल्लामा व्लर्ड बैङ्क स्थापन गर्ने तयारी समेत गरेको उनले जानकारी दिए । सोको लागि तयारी अन्तिम चरणमा पुगिसकेको छ । रेडक्रशका उपशाखा बिस्तारगरी गाउँ÷गाउँमा पु¥याउने काम पनि भइरहेको उनले बताए ।
२०२९ साल माघ ४ गते स्थापना भएको नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाले भुकम्प पछि विभिन्न खालका कार्यक्रमहरु समेत गरिरहेको छ । केन्द्रबिन्दु बारपाक देखि साबिक ९ वटा गाविसमा विपत्त व्यवस्थापन, पुर्वाधार विकास र जिविकोपार्जनका विभिन्न खाले कार्यक्रम भईरहेको कार्यक्रम संयोजक शिव सुवेदीले बताए । ‘हामीले भुकम्प पिडितलाई पिडाबाट कसरी उठाउन सकिन्छ भनेर सोही अनुसारको काम गरिरहेका छौ ।’ ती कार्यक्रम लागु भएका साबिकका ९ गाविसहरुमा उप–शाखा भवन समेत निर्माण गरिएको छ ।
नेपाल रेडक्रश सोसाइटी जिल्ला शाखा गोरखाको स्थापना दिवशको सन्र्दभमा मानव सेवा आश्रम गोरखामा सरसफाइका सामाग्री सहयोग गरेको छ । आश्रम परिसर ठुलो आँगन गोरखामा आयोजित एक कार्यक्रमका विच विहीबार शाखाका सभापती भगवानबाबु मास्केले साबुन, डाइपट,लगायतका सामाग्री हस्तान्तरण गरेका हुन । उक्त कार्यक्रममा बोल्दै मास्केले स्थापना दिवशको सन्र्दभमा अनाथ बालबालिकाहरुलाई सहयोग गर्नपाएको खुसि व्यक्त गरेका थिए । मानवसेवा आश्रमको अभिभावक परिवारकी विद्या मास्केले अनाथहरुको लागि रेडक्रशले गरेको सहयोगका लागि धन्यवाद दिएकी थिइन् । आश्रममा अहिले २५ जना बालबालिकाहरु छन् । विभिन्न कारणले सडकमा पुगेका मानिसहरुलाई उद्धारगरी मानव सेवा आश्रमले आश्रय दिने गरेको छ ।
रेडक्रशलाई एनजिओको रुपमा नबुझौं : मास्के
रेडक्रशलाई एनजिओको रुपमा नबुझौं : मास्के
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


