गोरखा समाचारदाता
जिल्ला कार्यरत नर्सहरु आन्दोलित भएका छन् । नेपाल नर्सिङ सङ्घले देशव्यापी रूपमा शुरू गरेको चरणबद्ध आन्दोलन अन्तर्गत जिल्लामा कार्यरत नर्सहरु पनि आन्दोलनमा उत्रिएका हुन् । ‘अब सहेर बस्ने अवस्था छैन, देशभरका साथीहरु बिरोधमा उत्रिसकेका छन्, हामी पनि सर्घषमा छौ’ जिल्ला जनस्वास्थ्य गोरखाकी पब्लिक हेल्थ नर्स सारना खनालले भनिन् । ११ बुँदे माग अघि सार्दै उनीहरुले बिहिबार गोरखा अस्पताल लगायत जिल्ला भरका स्वास्थ्य सस्था ठप्प पारेका छन् । उनीहरुले बिहान ८ बजेदखि ४ बजेसम्म इमेर्जेन्सी बाहेकका अन्य सेवा ठप्प पारेका छन् । जिल्ला अस्पताल गोरखामा कार्यरत नर्सहरु हातमा कालो पट्टि बाँधेर दिनभर अस्पताल प्रांगढमा धर्ना बसेका थिए । ‘नर्सहरुको अधिकारका लागि हामी आन्दोलनमा उत्रिएका हौ, गोरखामा मात्रै होइन अन्यत्रका अस्पतालको सेवा पनि ठप्प भएको छ ।’
नर्सहरुको परिश्रम अनुसार सेवा सुविधा नभएकाले आन्दोलनमा उत्रिनुपरेको उनिहरुको भनााई छ। ‘हामी श्रमशोषणमा परेका छौ, हाम्रा मागलाई सरकारले हाम्रो मागलाई सुन्नै चाहादैन’ खनालले भनिन् । अस्पतालमा आएका बिरामीलाई समस्यामा पार्ने आफ्नो उदेश्य नभएको भन्दै खनालले नर्सहरुको समस्या बारे कसैले चासो देखाएकाले आन्दोलनमा उत्रिन बाध्य भएको बताएकी छिन् । श्रम ऐन २०७४ तत्काल लागू गर्नुपर्ने, दुर्गममा काम गर्ने नर्सलाई उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति हुनुपर्ने, योग्यता पुगेका नर्सिङ कर्मचारीलाई वृत्तिविकासका लागि प्रष्ट खाका तयार गर्नुपर्ने माग राखेको छन् । त्यस्तै योग्यता पुगेका अनमीलाई स्टाफ नर्स, स्टाफ नर्सलाई स्नातक नर्सिङ, स्नातक नर्सिङलाई स्नातकोत्तर नर्सिङ र स्नातकोत्तर नर्सिङलाई पीएचडीसम्म अध्ययनका लागि तलबी अध्ययन विदाको व्यवस्था गर्नुपर्नेजस्ता ११ बुँदे मागसहित आन्दोलनमा उत्रिएको उनिहरुको भनाई छ । संघले तयार गरेको आन्दोलनको कार्यक्रम अन्तरगत आगामी ६ गतेसम्म बिहान ८ बजेदेखि ४ बजेसम्म सेवा ठप्प पार्ने कार्यक्रम रहेको छ । माग पूरा नभए माघ ७ गतेबाट २४ सै घण्टा हस्पिटलको सेवा अवरुद्ध गर्ने उनिहरुले चेतावनी दिएका छन् ।
नर्सहरूको आन्दोलनका कारण जिल्ला अस्पताल सहित जिल्लाभरका अधिकाशं स्वास्थय सस्थामा इमर्जेन्सीबाहेक अन्य सेवाहरू प्रभावित भएका छन् । नर्सहरूको आन्दोलन कारण उपचारका लागि स्वास्थ्य सस्था पुगेका बिरामी भने मर्कामा परेका छन् ।
यता जिल्ला अस्पताल गोरखाका हेल्थ असिष्टेण्ट कृष्ण ढकालले अस्पतालमा कार्यरत नर्सहरू आन्दोलित हुँदा सेवाप्रवाहमा कठिनाइ भइरहेको बताए । ‘नर्सहरुको आन्दोलनले खास गरेर भर्ना भएका बिरामी प्रभावित छन्, आउटडोरमा त खासै समस्या छैन, नर्सले दिने सेवा चाहि पूरै प्रभावित भएको छ’ उनले भने ।
जिल्लाभरका नर्स आन्दोलित हुँदा स्वास्थ्य सेवा ठप्प
जिल्लाभरका नर्स आन्दोलित हुँदा स्वास्थ्य सेवा ठप्प
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


