गोरखा समाचारदाता
समाचार संकलन गर्न क्रमका पत्रकार सुदीप कैनीलाई आक्रमण गर्ने ५ जनाविरुद्ध आज सार्वजनिक अपराधमा मुद्दा लगाइएको छ । ईलाका प्रहरी कार्यालय तनहुँ आँबुखैरनीले सोमबार नै प्रक्राउ गरेका आक्रमणमा संकलनविरुद्ध पत्रकार महासंघ गोरखाका अध्यक्ष किशारजङ्ग थापाको नेतृत्वमा गएको पत्रकारको टोलीले मुद्धा दर्ता गराएको हो । मुद्दा दर्तापछि घटनामा संलग्नहरुलाई म्याद थप गर्न र आवश्यक कारबाही अघि बढाउन सदरमुकाम दमौली लगिएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताएका छन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको गुरुङले जानकारी दिएका छन् ।
गोरखा र तनहुँको सिमानामा पर्ने मस्याङ्दी नदी दोहनको समाचार संकलन गर्न गएका पत्रकारलाई सोमबार दिउँसो आँबुखैरनी गाउँपालिका ३ का रघुपति केसी, शिवजी केसी, रामकृष्ण केसी, सुवास केसी, गुरु बा भनिने रञ्जित श्रेष्ठले कुटपीट गरी घाइते बनाएका थिए । संवाददाता कैनीको साथमा रहेको क्यामेरा र मोबाईलमा समेत क्षति पुगेको थियो ।
पत्रकार कैनीमाथी आक्रमणगर्नेहरुलाइ सावजनिक मुद्वा
पत्रकार कैनीमाथी आक्रमणगर्नेहरुलाइ सावजनिक मुद्वा
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















