नरेन्द्र ढकाल/गोरखा
राष्ट्रिय भुकम्प सुरक्षा दिवशका सन्र्दभमा केन्द्रविन्दु जिल्ला गोरखामा भएका पुनःनिर्माणको कामको समिक्षा भएको छ । मुल समारोह समितिको आयोजनामा जिल्ला सदरमुकाममा भएको कार्यक्रममा सहभागी सरोकारवालाहरुले भुकम्प गएको ३३ महिना बितिसक्दा समेत आशातित प्रगती हुन नसको बताएका छन् ।
‘निर्माण सामाग्रीको अभाव छ, कामदारको अभाव छ, प्राविधिक छैन्’ कानून व्यवसायी एवं अधिकारकर्मी स्थानेश्वर दुवाडीले भने ‘नागरिकले घर बनाउँछु भनेर लागे पनि प्राविधिकलाई भेट्न सक्ने अवस्था छैन् । ६१ हजार ३९३ लाभग्राही पहिचान भएको गोरखामा हाल सम्म तेश्रो किस्ताको लागि ७ हजार ४८१ जनाले निवेदन दिएका छन् ।
जस मध्ये शहरी आवास तथा भवन डिभिजनले ६ हजार ९०९ घरलाई सिफारिस गरेको भने जिल्ला समन्वय समितिले ६ हजार २८१ को खातामा रकम पठाउन कोलेनिकालाई अनुमती दिएकोमा ५ हजार ९० जनाले तेश्रो किस्ताको रकम पाएका छन् । त्यसैगरी निर्माण कार्य सुरु गरेका २९ हजार ५८७ लाभग्राही मध्ये २४ हजार ३२० जनाले घरको डिपिसी सकेर दोश्रो किस्ताको लागि निवेदन दिएका छन् ।
ती मध्ये २२ हजार ५९ लाभग्राहीको खातामा रकम पठाउन जिल्ला आयोजना कार्यन्वयन इकाईले अनुमती दिएको छ । दोश्रो किस्ता प्राप्तीका लागि २ हजार ७१ घर प्रक्रियामा छन भने जिल्ला समन्वय समितिबाट सिफारिस भइआएका १८ हजार ४७७ घर मध्ये १६ हजार ५२२ को खातामा रकम गएको छ । बुढीगण्डकी डुबान क्षेत्रको भने ११८ जनाको खातामा दोश्रो तथा अन्तिम किस्ताको रकम गएको छ । ’
सबल समुदाय र स्थानीय सरकार, भुकम्पीय सुरक्षाको बलियो आधार भन्ने नाराका साथ दिवश मनाउने क्रममा जिल्ला सदरमुकामा प्रभातफेरी गरिएको थियो । त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा भएको अन्तक्रियामा सहभागी जिल्लाका विषयगत सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, गोरखा नगपालिकाका जनप्रतिनिधिहरु, अधिकारकर्मी, पेशाकर्मी, संघसस्थाका प्रमुख एवं प्रतिनिधि, भुकम्प पिडित सर्वसाधरण समेतको उपस्थिती रहेको कार्यक्रममा शसस्त्र प्रहरी सहयाक निरिक्षक चित्र अधिकारीले सुरक्षा अङ्गका तर्फबाट भुकम्प आएको बेला अनाउनु पर्ने सावधानीका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी आवासिय पुर्नःस्थापना तथा पुनःनिर्माण समन्वय मञ्चका जिल्ला संयोजक चन्द्र गुरुङ र जिल्ला आयोजना कार्यान्वयन इकाइकी इन्जिनियर सुनिता श्रेष्ठले भुकम्प पछिको अवस्था बारे प्रस्तुती गरेका थिए । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, स्थानीय बिकास अधिकारी नारायण आर्चाय लगायतले भुकम्प पछिको पुर्नःनिर्माणको काम प्रभावकारी बनाउन आफुहरु प्रयत्नशिल रहेको भन्दै घर बनाउने काममा जुट्न पिडितलाई आग्रह गरेका थिए ।
सोही अवसरमा गोरखा नगरपालिकाका १४ वटै वडाका अध्यक्ष एवं प्रतिनिधिले आ–आफ्नो वडाको अवस्थाका बारेमा जानकारी गराउँदै त्यहाँ भए गरेका समस्या सरोकारवालाहरुसँग राखेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बस्नेत, स्थानीय विकास अधिकारी नारायण आर्चाय, कोष तथा लेखा नियन्त्रण कायालयका श्रीधर ज्ञावली, राष्ट्रिय पुर्नःनिर्माण प्राधिरण जिल्ला समन्वय समितिको सचिवालयका निमिक्त प्रमुख शिवलाल पौडेल, जिल्ला आयोजना कार्यान्वय इकाइका रोशन श्रेष्ठ लगायतले सहभागीको जिज्ञासाको जवाफ दिएका थिए ।


