गोरखा समाचारदाता
मगर समुदायको महान पर्व माघे संक्रान्ति पर्व धुमधामका साथ मनाइको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ । साउन १ गतेदेखि सुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले सोमदेखि दिन भन्दा रात छोटो हुँदै जाने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मगर सक्रान्तीको अवसरमा नेपाल मगर सघं गोरखाले विविद्य कार्यक्रम गरेको छ । खेलकुद मैदान हरमटारीमा भएको कार्यक्रमको उद्घाटन गर्दै गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ का सदस्य लेख बहादुर थापाले मगर समुदायको भाषा सस्कृति लोप हुन बाट जोगाउन युवाहरु लाग्नु पर्ने बताए । ‘हाम्रो संस्कृति र पहिचान जोगाउन हामी आफै लाग्नु पर्छ, अब यो जिम्मेवारी युवाको काँधमा आएको छ’ उनले भने । सघंका जिल्ला अध्यक्ष विष्णु राना मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिका नगरप्रमुख राजनराज पन्त, आदिवासी जनजाती महिला महासघंका अध्यक्ष नानूमायाँ थापा मगर, मगर सघंका निवर्तमान अध्यक्ष अशोक राना मगर, नेपाल मगर विद्यार्थी सघंकी जिल्ला अध्यक्ष सुस्मिता पुलामी मगर, गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राम कुमार थापा मगर, वडा १२ का अध्यक्ष डिल बहादुर थापा मगर, मगर वुद्ध सेवा समाजका अध्यक्ष विष्णु थापा मगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नृत्य मनकामना, बक्राङ, बुंकोट, ताक्लुङ, भुम्लिचोक, ताप्ले, नारेश्वर, ताकु, वडहरे १२ किलो, हरटारी आले गाउँको मगर पञ्चेबाजा, पस्लाङ राम्चेको सोरठी नाच, लगायत घाटु सोरठी,मारुनी, मगरपञ्चेबाजे, कौरा चुड्का, राष्ट्रिय लोकदोहारी गायक गायिक दिप सागर थापामगर र रञ्जिता राना मगर सास्कृतिक संयोजक खिल बहादुर राना मगर जानकारी दिए ।
यसै विच तनहुँको आँबु खैरेनीमा पनि विभिन्न कार्यक्रम गरी मक्रर सक्रान्ती पर्व धुमधामले मनाइएको छ । नेपाल मगर सघं आँबु खैरेनी बजार इकाई समितिका कार्यवाहक अध्यक्ष कमल बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाट गर्दै तनुहँ क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ का सदस्य हरि बहादुर चुमानले उद्घाट गरेका हुन् । कार्यक्रममा आँबु खैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा , प्रहरी निरिक्षक लोक बहादुर थापा, समितीका सल्लाहकार सोल बहादुर मगर, हस्त बहादुर मगर लगायतले मन्तव्य राखेका थिए । सोही अवसरमा माघे संक्रान्ती मेला तथा बृहत बिविध सांस्कृतिक कार्यक्रम अन्तर्गत पोलमा चढेर कुखुरा झिक्ने खेल, छेलो प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, मगर समुदायका युवा युवतीहरुद्वारा चुड्का, कौरा नृत्य प्रस्तुत तथा बिविध सांस्कृतिक कार्यक्रम गरिएको कार्यक्रम संचालक बिशाल जानकारी दिए । माघे सक्रान्ती कै अवसरमा गोरखाको घैरुङको पिपलछाप, वगुवा, आरुघाट, पालुङटार, मिरकोट लगायत विभिन्न स्थानहरुमा पनि विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ती स्थानहरुमा सास्कृतिक कार्यक्रमका साथमा गोरुजुधाइ प्रतियोगिता समेत भएको आयोजकले जानकारी दिएका छन् ।
विविद्य कार्यक्रम गरी माघे सक्रान्ती मनाईयो
विविद्य कार्यक्रम गरी माघे सक्रान्ती मनाईयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


