नरेन्द्र ढकाल/गोरखा
माघ १ गते । गाउँपालिकाको केन्द्र सार्ने प्रक्रिया गलत भएको भन्दै भिमसेन गाउँपालिककाका असन्तुष्ट पक्षले सर्वोच्च अदालतको ढोका ढकढक्याउने भएको छ । जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै सघर्ष समितिका अध्यक्ष प्रेमचन्द्र श्रेष्ठले सर्वोच्व अदालतमा मुद्धा दर्ता गर्ने तयारी भइरहेको बताए । ‘हामीले जिल्ला प्रशासन,जिल्ला समन्वय समिति र सरकार सबैलाई ज्ञापनपत्र बुझाइ सक्यौ त कसैले सुनेन अब सर्वोच्च जानु भन्दा अर्को बिकल्प हामी सँग छैन’ उनले भने । गाउँपालिका प्रमुख ईश्वर पाण्डेले जनभावना विपरित बहुमतका आधारमा पेलेर निर्णय गरेको भन्दै उक्त कुराको बिरोधमा उत्रिएको उनीहरुले बताएका छन् ।
गत कात्र्तिक १९ गते गाउँपालिकाको बैठकमा केन्द्र सार्ने विषय प्रायोजित ढङ्गले प्रस्तुत गरिएको र सोही क्रममा विवाद हुँदा च्यातिएको माइन्युट किर्ते गरेर संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पेश गरिएको उनीहरुको आरोप छ । ‘उहाँले किर्ते गरेर हस्ताक्षर पु¥याउनु भएको छ, त्यसको प्रमाण हामीसँग छ स्टेक अर्डरको माग गर्दै सर्वोच्च जान्छौ’ श्रेष्ठले भने ।
उक्त निर्णय गराउने क्रममा बैठक कार्यसूचिमा नराखि विभिद्य र्शीषकबाट विषय प्रवेश गराएपछि विवाद भएको माओवादी निकटका जनप्रतिनिधिको भनाई छ । ‘हामीलाई झुक्याएर बैठकमा बोलाइयो, षडयन्त्र पुर्वक यो काम गरिएको छ’ उनले भने । पत्रकार सम्मेलनमा भिमसेन गाउँपालिकामा क्रियाशिल माओवादी केन्द्र र एमालेका नेता कायकर्ता र अध्यक्ष पराजित भएका माओवादी केन्द्रकाउम्मेदवार लोक प्रसाद बञ्जारा समेत उपस्थित थिए । ‘बहुमत छ भन्दैमा निरकुंशता त लाद्न पाइएन नी, हामीसँग कुनै छलफल भएको छैन्, जनभावना विपरित काम गरिएको छ हामी उक्त कुरा मान्दैनौं’ बञ्जराले भने ।
उक्त निर्णय मन्त्री परिषदमा पुगेसँगै आन्दोलनमा उत्रिएका उनीहरुले सोही दिन देखि गाउँपालिकाको कामकाज ठप्प पारेका छन् । केन्द्रमा ताल्चा लगाइएको छ । केन्द्र सार्ने विषयमा बगुवा बाहेक अर्को विकल्पमा छलफल गर्न समेत तयार रहेको तर घ्याम्पेसाल केन्द्र नमान्ने उनीहरुको भनाई छ । उक्त निर्णयमा पुर्नविचार नभएसम्म सर्घष जारी राख्ने बञ्जाराले बताए । ‘उहाँ एक्लै हिड्नु भयो भने हामी पनि असहयोग गछौं, जनता सामू गएर भण्डाफोर गर्नुको बिकल्प हुँदैन’ बञ्जाराले भने । भिमेसन गाउँपालिकामा काँग्रेसको बहुमत छ ।
४४ सदसिस्य गाउँपालिका रहेका त्यहाँ अध्यक्ष उपाध्यक्ष र २७ गाउँ कार्यपालिका सदस्य समेत रहेको काँग्रेसले बहुमको निर्णय गरे पनि लोकतान्त्रिक विधि पुर्वक गर्नुपर्ने उनीहरुको माग छ । माओवादी केन्द्रको भने १५ मत छ ।
गत कार्तिक १९ गते भिमसेन गाउँपालिकाको केन्द्र सार्ने बिषयमा विवाद हुँदा झडप समेत भएको थियो । त्यस यता असन्तुष्टहरुले विरोधका विभिन्न कार्यक्रम समेत गरिरहेका छन् ।


