गोरखा समाचारदाता
गोरखा उद्योग बाणिज्य संघ महिला उधमी बिकास समितीको तेस्रो अधिबेसनले रिता रेग्मीको अधयक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिवार भएको अधिबेसनले रेग्मीको अधयक्षतामा १२ सदस्यीय समिति निर्विरोध चयन गरेको हो ।
जसअनुसार सस्थांको उपाध्यक्ष सुसिला श्रेष्ठ, सचिब उर्मिला जोशि, कोषाध्यक्ष सुष्मा श्रेष्ठ र सहसचिब सबिता जोशी चयन भएका छन ।
समितिको सदस्यहरुमा रिता श्रेष्ठ, रुपा गुरुङ, बिद्या मास्के, शुकु राना, जुना सुनार,राममायाँ श्रेष्ठ र शारदा खत्री चयन हुनुभएको महिला उद्यमी विकास समितिले जनाएको छ ।


