नरेन्द्र ढकाल/गोरखा
जिल्ला प्रशासन कार्यालयको आयोजनमा शुक्रवार बाट गोरखाको भच्चेकमा शुरु भएको एकीकृत घुम्ति शिविर सकिएको छ । शिविरमा करिव पाँच सय जनाले सेवा लिएका छन् । जसमध्ये ४०३ जनाले नागरिकता बनाएको जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा चेत प्रसाद अम्गाइले बताए । ‘सेवाग्राहीको निकै भिड भयो, धेरैले सेवा लिनुभयो, सोचे भन्दा सफल भयो’ अम्गाईले भने ।
दुइ दिनका लागी शिविर संचालन गरेपनि सेवा ग्राही बढेपछि शिविर आइतवार पनि सञ्चालन गरिएको थियो ।‘शनिवार सम्म गर्ने भन्ने थियो, शनिवार साँझ सम्म ८० भन्दा बढि लिएकै फर्म बाँकी थिए, आइतबार केही थपिए’ उनले भने । अजिरकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गरी अक्सफार्म र एकीकरण नेपालको साझेदारीमा भएको शिविरमा ३० जनाले अपाङ्गता परिचयपत्र लिएका छन् ।

तस्बिर कैलासबावु श्रेष्ठ
जौवारी स्वास्थ्य केन्द्रका डाक्टर विनोद दुवाडीको जाँच तथा सिफारिसमा २ जनाले पहिलो श्रेणीको रातो र बाँकी २८ जनाले भने पहेँलो, निलो र सेतो परिचयपत्र पाएको महिला तथा बालबालिका कार्यालयले जानकारी दिएको छ । शिविरमा महिला तथा बालिबालिकाका कार्यालय, जिल्ला प्रशासन कार्यालयले सेवा दिएका थिए ।


