गोरखा समाचारदाता
पुस २७ गते । सांसद हरिराज अधिकारीले नयाँ सरकार बन्ने बित्तिकै बुढीगण्डकी आयोजना कामले गति लिने दाबी गरेका छन् । भिमसेन गाउँपालिका वडा नम्बर ७ स्थित सरस्वती माध्यामिक बिद्यालयको ५८ बार्षिक उत्सव कार्यक्रममा बोल्दै सांसद उनले नयाँ बन्ने सरकारले आयोजनाको काम अगाडी बढाउने दाबी गरे । ‘यो सरकारले आयोजना निर्माणका सन्र्दभमा भ्रम सिर्जना गरेका छ’ उनले भने ‘हामी उक्त निर्णय सच्याउँदै आयोजना बनाउने तिर लाग्छौ ।’
नयाँ बन्ने बन्ने सरकारले आयोजनाको काम अगाडी बढाउने भन्दै प्रभावितलाई आस्वत रहन उनले आग्रह गरेका छन् । आयोजना निर्माण पछि ४ नम्बर प्रदेशको आर्थिक मेरुदण्डको मुख्य आधार नै बुढिगण्डकी जलबिद्युत आयोजना हुने भन्दै सांसद अधिकारीले छिटो भन्दा छिटो आयोजना निर्माणका लागि प्रबिद्धत रहेको दावी गरेका छन । नेकपा माओबादी केन्द्रका सचिवालय सदस्य समेत रहनु भएका सांसद अधिकारीले देशमा अहिले समावेशी लोकतन्त्रको अभ्यास जरुरी रहेकोमा जोड दिए ।
नेपालको शिक्षा नितिलाई परिमार्जन गर्नुपर्ने आबश्यकता रहेको भन्दै उनले अहिलेको शिक्षाले युवाहरुमा रोजगारी प्रदान गर्न नसकेको भन्दै बरोजगारीको अन्त्यका लागि पनि रोजगारमूलक शिक्षा निति लागू गर्नुपर्ने बताए । बिधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतमा भएको कार्यक्रममा बिद्यालय निरिक्षक दिपेन्द्र परियार, स्रोत व्यक्ति उदयबहादुर भट्ट, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा गाउँपालिका स्तरीय अन्तर माध्यामिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता, अन्तर सदनात्मक नृत्य प्रतियोगिता, अन्तर आधारभूत बिद्यालय स्तरीय बौद्धिक प्रतियोगिता लगायतका बिभिन्न साँस्कृतिक कार्यक्रम भएको बिद्यालयले जनाएको छ ।




















