गोरखा समाचारदाता
पुस २७ गते । शहिद लखन गाँउपालिका वडा नम्बर ७ मा सरकारी गैरसरकारी तथा स्थानीय सरोकारवालाहरु बिच समन्वयात्मक बैठक सम्पन्न भएको छ । भुकम्पपछि वडामा भइरहेको पुननिर्माणको अवस्था, शैक्षिक अवस्था तथा स्वास्थ्य चौकीले दिइरहेको सेवाका बारे सरोकारवालाहरु बिच छलफल भएको हो ।
पारस्पारिक जवाफदेहिता परियोजना अन्र्तगत सोच नेपालले आयोजना गरेको कार्यक्रममा सहभागिहरुले वडामा छुट्टै वडा सचिव नहुदा कार्यालयका दैनिक कामकाज पभावित भएको गुनासो गरेका छन । हाल शहिद लखन गाँउपालिका वडा नम्बर ७ र ८ मा वडा सचिव तोयानाथ अम्गाइले सम्पुर्ण कामकाज सम्हालेका छन । स्थानीयले एक वडामा एक सचिवको ब्यवस्था गर्न समेत माग गरेका छन ।
त्यस्तै चिसो बढेसंगै विद्यालयमा बालबालिकालाई समस्या भएको शहिद स्मृति माविका शिक्षक बाबुराम श्रेष्ठले गुनासो गरेका छन । विद्यालय भवन पुनःनिर्माण भैइ नसकेकाले चिसो तथा धुलोले सताउने गरेको उनको भनाई छ ।
कार्यक्रममा वडामा कार्यालयका कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी, स्थानीय विद्यालयका शिक्षक, गैरसरकारी संस्थाका प्रतिनिधी, स्थानीय सभाका सदस्य लगायतको सहभागिता रहेको थियो ।


