गोरखा समाचारदाता
मानिसको बैद्धिक सम्पतीको चोरी गर्ने गम्भीर अपराध भएको जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका आयोजना भएको प्रतिलिपी अधिकार संरक्षण र यसका विभिद्य पक्षहरुको विषेयक एक दिने कार्याशाला गोष्ठीका सहभागीहरुले नेपालको संबिधान २०७२ को धारा २५ मा बौद्धिक सम्पत्ती सम्बन्धी अधिकारका बारेमा स्पष्ट उल्लेख गरेर कानूनी मान्यता दिएको जानकारी गराइएको थियो ।
त्यस अघि प्रतिलिपी अधिकार ऐन, २०५९ को २९ सर्जकको सिर्जना उपयोग गरे बापत रोयल्टी प्रदान गर्नुपर्ने कुरा उल्लेख गरेको छ । प्रतिलिपी अधिकारको उल्घन गरी स्रष्टाको श्रीर्जना चोरी भएमा सम्बन्धीत स्रष्ठाले कानूनी उपचारका लागिका नेपालका सबै अदालतको जान सक्ने नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका रजिष्टार राजेन्द्र सिग्देल बताए । प्रविधिको विकास क्रम सँगै पछिल्लो समय गीत संगीत र चलचित्र चोरी हुने घटना बढेको भन्दै कार्यालय त्यसबारेमा सम्बन्धित पक्षसँग रोकथामका उपाया बारे छलफल गरिरहेको उनले बताए ।
सिग्देलको अध्यक्षता तथा जिल्ला न्यायधिस बसन्तराज पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्याक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, जिल्ला प्रहरी कार्यालयका डिएसपी भेषराज रिजाल,रजिष्टार कार्यालयकी शुष्मा पोखरेल, उद्योग वाणिज्य महासघंका अध्यक्ष श्रवण जोशी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा, कानून व्यवसायी स्थानेश्वर दुवाडी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रशासन,सुरक्षा निकायका अधिकारीहरु, सर्जक एवं सष्टा र पत्रकारहरुको उपस्थिीति रहेको थियो ।




















