गोरखा समाचारदाता
पुस २७ गते । आगमी माघ २ गते भुकम्प सुरक्षा दिवश जिल्लामा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको अध्यक्षतामा बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले जिल्लाका सबै स्थानीय तहमा कार्यक्रम गरी दिवश मनाउने निर्णय गरेको हो । जसको लागि प्रमुख जिल्ला अधिकारी बस्नेतको अध्यक्षमा मुल आयोजक समिति बनाइएको छ ।
उक्त समितिमा विषयगत सरकारी कार्यालयका प्रमुख, विभिन्न गैरकारी सघं संस्था, नागरिक समाज, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरु सदस्य छन् । भुकम्प पछिको पुननिर्माणका क्रममा हाल सम्म भए गरेका कुराहरु जानकारी गराउने आवश्यक छलफल गरी दिवश मनाउन लागिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
जिल्ला सदरमुकाममा गोरखा नगरपालिकको संयोजनमा कार्यक्रम गर्ने अन्य सबै स्थानीय तहहरुमा पनि सम्बन्धित स्थानीय तह र सो क्षेत्रमा काम गर्ने गैरसकारी सघंसस्थाको समन्वयमा सचेतना मुलक कार्यक्रम गर्ने निर्णय भएको उहाँले बताउनुभयो । २०७२ साल बैखाश १२ गतेको बिनाशकारी भुकम्पको केन्द्रबिन्दु समेत रहेको गोरखा अहिले पुर्ननिर्माणको चरणमा छ ।
भुकम्प गएको ३३ महिना बितिसक्दा समेत पुर्ननिर्माणमा उल्लख्य प्रगति नभएको भन्दै आलोचना हुने गरेको छ ।




















