कैलासबावु श्रेष्ठ/गोरखा
पुस २२ गते । देशै भर बृद्वाश्रम खुल्ने क्रम दिन दुई गुणा र रात चौ गुणा बृद्वि भएको भन्दै मानव सेवा आश्रमले यस्ता कार्यलाइ न्यूनिकरणगर्ने उद्वेश्यका साथ गोरखा सदरमुकाममा सोमबार ‘आमा सेमिनार’ कार्यक्रम आयोजना गरीएको छ ।
मानव सेवा आश्रम गोरखा र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा हुन लागेको उत्त कार्यक्रममा नगरक्षेत्र भित्रबाट बाहिरबाट गरी ५ सय जना सहभागी हुन अनुमान गरीएको छ ।
मात्र दुई घण्टा तपाइको मानवता प्रर्बद्वनको लागि भन्ने नारा सहित हुन लागेको उत्त सेमिनारमा रामजी अधिकारीले आफ्नो कला प्रस्तुती गनु हुने मानव सेवा आश्रम गोरखाकी र्सिजना ओलीले जानकारी दिइन ।


