गोरखा समाचारदाता
पुस २१ गते । जिल्लाको भिमसेन गाउँपालिकको केन्द्र सार्ने प्रक्रिया रोक्न माग गर्ने असन्तुष्ट पक्षले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । वडा नम्बर ५ का अध्यक्ष प्रेमचन्द्र श्रेष्ठको नेतृत्वमा आएका माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि र अन्य सरोकारवालाहरुले जिल्ला प्रशासन कार्यलयमा पुकेर प्रअिज जितेन्द्र बस्नेतको ध्यानाकर्षण गराएका हुन् ।
गाउँ कार्यपालिकाको बैठकले पास नै गरी यस अघि वगुवामा तोकिएको केन्द्र घ्याम्पेसाल सार्न नेपाली काँग्रेस पक्षका जनप्रतिनिधिहरुले लागेको उनीहरुको आरोप छ । करिब २ महिना अघि गाउँकार्यपालिकाको बैठकमा केन्द्र सार्ने विषयमा मिटिङ विविद्य शिर्षक अन्र्तग वडा नम्बर २ का अध्यक्ष नारायण भट्टराईको प्रस्ताव राखेका थिए ।
सो प्रस्तावलाई वडा नम्बर ३ का अध्यक्ष गंगा प्रसाद लामिछानेले समर्थन गरेर त्यत्तिकैमा टुंगाएको भिमसने गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष नारायण श्रेष्ठको आरोप छ । ‘प्रक्रिया गतल भएको छ, त्यहाँ क्रियाशिल सबै राजनितिक दल, र जनताको समेत रायमा गाउँपालिकाको केन्द्र परिर्वतन गरिनुपर्छ भन्ने हाम्रो माग हो’ श्रेष्ठले भने ।
४४ सदस्यिय कार्यपालिका रहेको त्यहाँ नेपाली काँग्रेसको पक्षमा २८ मत छ भने नेकपा माओवादी केन्द्रका १६ मत छ । गाउँपालिकाको केन्द्र घ्याम्पेसाल लैजान लागिएको भन्दै सो बैठकमा माइन्युन्ट च्यायातिनुका साथै दुई पक्ष विच झडप समेत भएको थियो । सरकारले भिमसेन गाउँपालिकाको केन्द्र सार्ने प्रस्ताव मन्त्री परिषद्को बैठकमा लगेकाले अहिले प्रर्दशन समेत चकिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ बस्नेतले शान्तिपुर्ण ढङ्गले विधिवत रुपमा आफ्ना माग अगाडी सार्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । ‘आन्दोलन गर्न पाउने तपाइँहरुको अधिकार हो, तर राज्यको कानून निति नियमलाई पालन गरेर बिरोध गर्न म आग्रह गर्छु’ बस्नेतले भने । उनीहरुले बुझाएको ज्ञापनपत्र गृहमन्त्रालयमा पठाइएको छ ।


