कैलासबावु श्रेष्ठ/गोरखा
पुस १९ गते । गोरखा जिल्लामा पहिलो पटक नेवार समुदायको महिलाहरुको संस्था नेवाः मिसाको जिल्ला भेला सम्पन्न भएको छ ।

नेवार समुदायको कला र संस्कृतीलाइ जर्गेना गर्दै परम्परालाइ निरञ्तरता दिने उद्वेश्यका साथ नेवार महिलाहरुको जिल्ला भेला भएको हो ।

भेलामा जिल्लाको विभिन्न क्षेत्रबाट महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । सदरमुकाममा भएको भेलामा धिमे बाजा समेतको प्रस्तुती भएको थियो ।






